site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनको सुन खोजी भारतका लागि नयाँ समस्याको खानी ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । अरुणाञ्चल प्रदेशस्थित भारतसँगको सीमाना नजिकै चीनले ठूलो स्तरको उत्खनन् कार्य सुरु गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरुले आइतबार जनाएअनुसार सो क्षेत्रमा हालै भेटिएको सुन, चाँदी लगायतका मूल्यवान् धातुहरुको खानी ६० अर्ब डलर बराबरको रहेको छ । 

उक्त परियोजना चिनियाँ अधिकारीको नेतृत्वमा लुन्जेले थाल्ने बताइएको छ । लुन्जे दक्षिण तिब्बतको त्यो क्षेत्र हो जहाँको जनसङ्ख्या केही समयअघिसम्म पनि अत्यन्तै कम रहेको थियो । तर धेरै पहाडी भेग भएपनि चिनियाँ सरकारले पछिल्ला समय थुप्रै लगानी गरि आधारभूत संरचनाको निर्माणलाई तिव्र बनाएको छ । त्यसैले अहिले पक्का सडक पुगेसँगै सो क्षेत्रमा मानिसहरुको भीड बढ्न थालेको बताइन्छ । तर भारतले भने पहिलेदेखि नै सो स्थान आफ्नो भूमिमा पर्ने दाबी गर्दै आएको छ र उता चीनले पनि सो भूभाग तिब्बत भित्रकै क्षेत्र बताउने गरेको छ । त्यसैकारण चीनले अरुणाञ्चल प्रदेशमाथि नियन्त्रण पाउन यस्तो रणनीति अपनाइरहेको भारतको भनाइ छ । 

Agni Group

यसरी चिनियाँ राष्ट्रपति जिङपिङ र भारतका प्रधानमन्त्री मोदीको पहिलो अनौपचारिक भ्रमणको एक महिना नहुँदै सिमा क्षेत्रमा नयाँ विवाद उत्पन्न भएको छ । यसै प्रकारले गत वर्षपनि चीन र भारतबीच डोकलामको मुद्दामा गम्भीर कूटनीतिक समस्या देखा परेको थियो । त्यही तनावलाई कम गर्ने उद्देश्यका साथ मोदीले एकै वर्षमा दुईपटकसम्म चीन भ्रमण गर्ने बताएका छन् । तर सरकारले सीमा क्षेत्रमै ठूलो स्तरको उत्खनन् कार्य सुरु गर्ने भएपछि यसले चीनभारतको सम्बन्धमा थप नयाँ चुनौति पैदा गर्ने निश्चित भएको छ ।

अर्कोतर्फ चीनको यस कदमलाई दक्षिण चिनियाँ समुद्रसँग पनि जोडेर हेरिएको छ किनकी कुनै समय सो समुद्रलाई आफ्नो दाबी गर्ने चीनले अहिले त्यहाँ आफैँ कृतिम टापू निर्माण गरि सैन्य गतिविधि जारी गरेको छ । त्यसकारण सो क्षेत्र पनि दक्षिण चिनियाँ समुद्रमा परिणत हुन सक्नेमा भारतले गम्भीर चिन्ता व्यक्त गरिरहेको बताइएको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC