site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चीनले अमेरिकी सामानको खरिदमा उल्लेखनीय वृद्धि गर्ने  
Ghorahi CementGhorahi Cement

एजेन्सी । बेइजिङ र वासिङटनबीच शुक्रबार भएको दोस्रो गम्भीर व्यापारिक छलफलपछि अहिले अन्त्राष्ट्रिय बजारलाई सन्तुलनमा ल्याउन दुवै सहमतिमा आएका छन् । चीनसँग अमेरिकाको व्यापार घाटा कम गर्न प्रभावकारी कदम उठाउने भन्दै चीनले अमेरिकी वस्तुहरुको खरिद दरमा उल्लेखनीय वृद्धि गर्ने तय भएको सिएनएनले जनाएको छ ।

कारोबार नीतिलाई लिएर अमेरिका र चीनबीच हप्तौँसम्म तनावग्रस्त स्थिति रहेपछि व्यापारिक युद्ध सुरु हुन सक्नेमा विश्वभर चिन्ता व्यक्त गरिएको थियो । बेइजिङले अमेरिकासँगको व्यापार नीतिलाई गम्भीरतापूर्वक नलिएको र अनुचित सर्त राख्ने गरेको अमेरिकाको आरोप थियो । त्यसकारण दुवै देशका तर्फबाट आएको संयुक्त बयानमा यसबारे अन्तिम सहमति गरि समस्याको समाधान भएको बताइएको हो । 

Agni Group

चीनका अनुसार जनतामाझ उच्च स्तरीय आर्थिक विकासको बढ्दो माग रहेकाले चीनले अमेरिकी सरसामान र सेवाहरुको खरिदलाई प्रभावकारी ढङ्गले वृद्धि गराउने निर्णय लिएको हो । अर्कोतर्फ यसले अमेरिकाको आर्थिक क्षेत्रको विकास र रोजगारी वृद्धिमा पनि मद्दत पुर्याउने बताइएको छ । चिनियाँ अधिकारीहरुसँग गत दुई दिनदेखिको बैठकमा ट्रम्प प्रशासनले यही माग राख्दै आएको थियो । त्यसै अन्र्तगत चीनले अमेरिकाबाट पहिले भन्दा बढी दरमा सामान खरिद गर्नमा सहमति जनाएकोक हो ।

अमेरिकाको कृषि क्षेत्र र ऊर्जाको निर्यात सम्बन्धी पनि विशेष कार्य अघि बढाउने तय भइसकेको र यसै विषयमा विस्तृत छलफल गर्न अमेरिकी टोली चीन जाने तयारी गरिरहेको बताइएको छ । यस खबरमा चिनियाँ कम्पनी जेटीइबारे भने कुनै उल्लेख नगरिएको बताइएको छ जुन यसअघि विवादको मुख्य कारण रहेको थियो । ट्रम्प प्रशासनले जेटीइलाई अमेरिकी सामग्रीहरु विक्री गर्नमाथि प्रतिबन्ध लगाएपछि चीनको ठूलो प्राविधिक कम्पनी जेटिइ बन्द हुने स्थितिमा पुगिसकेको थियो । जेटिइले ईरान र उत्तर कोरियामाथिको प्रतिबन्ध लागू गरिएको बारे गलत जानकारी दिँदै प्रतिबन्ध उल्लंघन गरेको अमेरिकाको आरोप छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ७, २०७५  ०६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC