site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्टार खेलाडीविरूद्ध सन्दीपले बलिङ गर्ने, दोस्रो पटक दिल्लीको प्लेईङ ११ मा  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मैदान उत्रने भएका छन् ।

दिल्ली डेयरडेभिल्समा रहेका लेग स्पिनर सन्दीप आईपीएल अन्तर्गत केहि बेरपछि हुने चेन्नई सुपर किंग्सविरुद्धको खेलमा मैदान उत्रने भएका छन् । चेन्नईविरुद्ध दिल्लीको टोलीमा सन्दीप प्लेईङ ११ मा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फिरोज शाह कोट्ला रंगशालामा नेपाली समय अनुसार राति ८ बजेर १५ मिनेटमा सुरु हुने खेलमा सन्दीप टोलीमा परेका हुन् । चेन्नई विरुद्ध दिल्लीले पहिले ब्याटिङ गर्नेछन् ।  चेन्नईले टस जितेर पहिले बलिङ रोजेको छ ।

सन्दीपले गत शनिबार रोयल्स च्यालेन्जर्स बैंग्लोरविरुद्ध डेब्यु गरेका थिए । आज हुने खेलमा सन्दीप क्रिकेटका स्टार खेलाडी विरुद्ध बलिङ गर्नेछन् । भारतका पूर्वकप्तान तथा चेन्नाईका कप्तान महेन्द्रसिंह धोनी, सेन वाट्सन, सुरेश रैना, ड्वेन ब्राभो, अम्बती रयुडु, फाफ् डु प्लेसिस् लगायतका विश्व चर्चित खेलाडीविरुद्ध खेल्नेछन् ।

Global Ime bank

आफ्नो डेब्यु खेलमा नै सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गरेर २५ रन खर्चेर १ विकेट लिएका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०७५  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC