site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
वैकल्पिक डोमेस्टिक एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम गर्न निर्माण गर्ने भनिएको वैकल्पिक डोमेस्टिक एयरपोर्ट  निर्माणका लागि काभ्रेपलाञ्चोकको नागीडाँडा उपयुक्त रहेको अध्ययन प्रतिवेदन बुझाइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढेको हवाई चाप कम गर्न डोमेस्टिक एयरपोर्टको सम्भाब्यता अध्ययन गर्नका लागि गठन गरिएको विज्ञ समूहको कार्यदलले बुझाएको अध्ययन प्रतिवेदनले काभ्रेको बनेपास्थित नागीडाँडा सबैभन्दा उपयुक्त स्थान भएको सुझावसहितको प्रतिवेदन बुझाएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञ समूहले नागीडाँडासँगै काभ्रेकै ठूलीचौर लगायतका विभिन्न ठाउँको स्थलगत अध्ययन गरेको थियो । 

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले प्रतिवेदन ग्रहण गर्दै १५ दिनमै अध्ययन प्रतिवेदन बुझाएकोमा कार्यदलप्रति आभार ब्यक्त गरे । 

Global Ime bank

नागिडाँडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल देखि २४.६ किलोमिटर दूरीमा छ । यो विमानस्थल सञ्चालनमा आए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ३१ प्रतिशत हवाई चापमा कमी आउने बताइएको छ । 

विमानस्थल निर्माण गर्ने औपचारिक घोषणा भएको एक वर्ष भित्रमा मिर्माण कार्य प्रारम्भ हुने र निर्माण सुरु भएको ५ वर्षभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । मन्त्री अधिकारीले आफ्नो कार्यकालमा जसरी पनि उक्त विमानस्थल निर्माण सम्पन्न गर्ने जनाएका छन् । 

इन्जिनियर कमलकुमार केसी संयोजक रहेको ६ सदस्सिय अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको हो ।  
  


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC