site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
हामी मिसिएको होइन, अन्तरघुलित भएका हौं : ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु कुनै एक पार्टीमा विलिन भएको नभइ अन्तरघुलित भएको बताएका छन् ।  नेकपाको घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनाव हार्दैमा नअत्तालिन कांग्रेससँग पनि आग्रह गरे ।
“मिसिएको होइन, अन्तरघुलित भएका छौं,” उनले भने, “यो कसैका विरुद्ध होइन । कोही आत्तिनुपर्दैन ।”
उनले हिन्द महासागरमा नदी मिसिएजस्तै अब को कुन पार्टीको भन्ने नहुने प्रतिवद्धता जनाए ।  “अघिसम्म एमाले भन्यौं । माओवादी केन्द्र भन्यौं । अघिसम्म प्रचण्डजी अर्को पार्टीको हुनुहुन्थ्यो । म अर्कै पार्टीको थिएँ । मैले प्रचण्डजीलाई तपाइँको माओवादी केन्द्र सिद्धियो भन्दा उहाँले पनि तपाईँको एमाले पनि सिद्धियो भन्नुभयो । मैले त्यही जवाफका लागि भनेको थिएँ । अब दुवै पार्टी सिद्धियो । एउटाले अर्कोमा विलय गर्न खोजेको हो कि के हो भनेर पनि आशंका थियो । त्यो होइन,” उनले भने ।
उनले वैधानिक हिसावले कांग्रेस  प्रतिपक्ष भएपनि गुण र दोषका आधारमा राष्ट्र निर्माणको महाअभियानमा सहभागी हुन आग्रह गरे ।
“अलिकति चुनाव हारेपछि उहाँहरु आत्तिनुहुन्छ,” उनले भने, “राष्ट्र निर्माणको वैधानिक भूमिका खेल्नुस् । जनताले आश्चर्य मान्ने खालका काम गरेर हुँदैन । तानाशाहीका लागि एकता आवश्यकता परेको होइन । देश बनाउने संकल्पका लागि हो । भ्रष्टाचार रोक्नका लागि,  म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC