site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
दाहालले भने– जनयुद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद र मन्त्रीका लागि हुन्छ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले जनताका अघि गरेको संकल्प पूरा गर्न पार्टी एकता गरेको बताएका छन् । पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “जनताको अघि जुन संकल्प गर्यौं, त्यो पूरा गर्न अहिले एकता गरेका छौं । चुनावमा भएको समीकरणलाई आफ्नैले पनि आशंका गरेका थिए तर हामीले यही मञ्चबाट भनेका थियौं । त्यो पूरा गरेरै छाड्यौं । घुम्ती र मोडमा जनताको अघि उपस्थित भएर भन्यौं । पछि फर्किने पुल भत्काएर आएका छौं भनेका थियौं । खुट्टै काटेर भए पनि जुत्ता मिलाइन्छ भनेर केपी ओलीले भन्नुभएको थियो । जनताको अघि जे प्रतिवद्धता गरेका थियौं । त्यो पूरा गरेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूहरु पञ्चायतका विरुद्ध बीसौं वर्ष लडेको स्मरण गर्दै जनयुद्धमा पनि परिवर्तनका लागि मर्न पाइन भनेर झगडा हुने गरेको स्मरण गरे ।

“म मर्न पाइन भनेर झगडा हुन्थ्यो तर अहिले म सांसद हुन पाउँ र म मन्त्री हुनैपर्यो, प्रधानमन्त्री हुनैपर्यो भन्ने प्रतिष्पर्धा भयो ।”

Global Ime bank

उनले आफ्नो जिवन निरन्तरतामा क्रमभंगमै बित्ने हो कि भन्ने भएको बताए ।

“मेरो जिवन जहिले पनि निरन्तरतामा क्रमभंगमै बित्ने भयो,” उनले भने, “मैले कमजोरी गरेको बेला देश र जनताले दुख पाएको देख्छु । हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो अब पानीभित्र हाइड्रोजन र अक्सिजन खोजेर पाइँदैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १८:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC