राजनीति

नेपाल कम्युनिष्ट पार्टी घोषणा कार्यक्रम जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा कार्यक्रम भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र विघटन भएर नेकपा बनेको हो । घोषणा कार्यक्रममा पार्टीका अध्यक्षद्वय केपी शर्मा अोली र पुष्पकमल दाहालले कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आज नै नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ताका लागि शीर्ष नेताहरु पुगेका थिए । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित शीर्ष नेता निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । 
 

तपाईंको मत