site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जाजरकोट, रासस । जिल्लास्थित नलगाड नगरपालिका–११ बानियाँ गाउँ र दम्कागाउँमा खानेपानी आयोजना निर्माणपछि त्यहाँका बासिन्दा हर्षित छन् । आयोजना निर्माणसँगै महिलालाई पानी ल्याउन एक घण्टा टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ । पानी उपलब्ध भएपछि अहिले उनीहरूमा समयको बचत हुनाका साथै शुद्ध पानी पिउन पाएका छन् । 

बानियाँगाउँमा नलगाड नगरपालिकाको १७ लाख लागत र स्थानीयवासीको रु तीन लाख बराबरको श्रमदानबाट खानेपानी आयोजना निर्माण भएको हो । चौबिसै घण्टा धारामा शुद्ध खानेपानीको सुविधा उपलब्ध भएपछि हर्षित भएका बानियाँ गाउँ र दम्कागाउँका बासिन्दा यसअघि शुद्ध पानीको अभावमा वर्षौंदेखि कुवा, खोला र खोल्साको पानी पिउनुपर्दा पखालालगायत पानीजन्य रोगबाट सताइएका थिए । 

यसैगरी खानेपानीका लागि ४५ घरधुरीलाई पायक पर्ने गरी नौ वटा धारा जडानबाट दम्काका सय घरपरिवार लाभान्वित भएका छन् । तीन किलोमिटर टाढाबाट पानी ल्याइएको सो आयोजनाका लागि नगरपालिकाले रू आठ लाख अनुदान र नपुग स्थानीयवासीबाट श्रमदान जुटाई खानेपानी निर्माण भएको हो । घरघरमा पानी पुगेसँगै स्थानीयवासीलाई नगदेबाली उत्पादन र सरसफाइ गर्न सहज हुनाका साथै सिँचाइको समस्या पनि समाधान भएको दम्काका नेत्र सिंहले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC