site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

विराटनगर, रासस । संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गर्ने ग्यारन्टी भएमा फोरम नेपाल सरकारमा सहभागी हुने बताएका छन् । विराटनगरमा सो पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, सरकारमा पार्टीको भूमिका तथा संघीयता कार्यान्वयन जस्ता मुद्दा सम्बोधन भएमा मात्र सरकारमा सहभागी हुने स्पष्ट पारे । 
संविधानलाई मधेशी, आदिवासी जनजाति सबैको सर्वस्वीकार्य र अपनत्व कायम गर्न संविधान संशोधन आवश्यक रहेको बताउँदै उनले ‘पार्टी फुट्नुभन्दा जुट्नु’ राम्रो हुने भएकाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकतालाई आफूले सकारात्मक रुपमा लिने बताए । 
नीति र सिद्धान्तका आधारमा हुने पार्टी एकताले पार्टी दिगो एवम् लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गर्दै नेता यादवले प्रदेश नं २ का मुख्य मन्त्रीको अभिव्यक्तिलाई लिएर विवाद गर्नुको कुनै अर्थ नरहेको बताए । 
फरक प्रसंगमा उनले कुनै पनि संसद्लाई आरोप लाग्नासाथ निलम्बन गर्न नहुने बताउँदै गम्भीर आरोप नलागेसम्म वा अदालतले अपराध प्रमाणित नगरेसम्म निलम्बन कानूनको दुरुपयोग हुने बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC