Skip Advt.
ad

राजनीति

कम्युनिष्ट जुट्न पनि जान्दछन् : ओली

कम्युनिष्ट जुट्न पनि जान्दछन् : ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस कम्युनिष्टको प्रतिस्पर्धी पार्टी नभएर सहयोगी पार्टी भएको बताएका छन् । मदन आश्रित स्मृति दिवसको अवसरमा बिहीबार बिहान बल्खुमा आयोजित कार्यक्रममा ओलीले भने, “हामी लोकतन्त्रमा साथै लिएर चल्छौं । नेपाली कांग्रेसलाई पनि हामी साथै लिएर चल्छौं । नेपाली कांग्रेसले पनि योगदान गर्नुपर्छ । हामी सबै मिलेर देश बनाउने हो ।” 

अधिनायवाद ल्याउँछ कि, दमन गर्छ कि भनेर कतिपय आफूहरुसँग हच्किएको भन्दै उनले एकताबाट ढुक्क हुन आग्रह गरे । उनले भने, “यो दमनकारी हुनका लागि होइन, विकासकारी हुनका लागि हामीले एकता गरेका हौं । हामीले शासन गर्नका लागि होइन, सेवा पुर्याउनका लागि एकता गरेको हो । भ्रष्टाचार गरौं, साहोरौं भनेर होइन । कुशासन ल्याउन होइन, सुशासन स्थापना गर्नका एकता गरेको हो ।”

कम्युनिष्टहरु मिल्न जान्दैनन्, फुट्नमात्र जान्दछन् भनेर सुन्दा सुन्दा कान टट्टाइसकेको भन्दै उनले अब कम्युनिष्टहरुले फुट्न बिर्सिएर जुट्नमात्रै जानेको बताए । 
 

तपाईंको मत