काठमाडौं । नेकपा एमाले तथा माओवादी केन्द्रका नेताहरुले प्रधानमन्त्री निवास बालुवाटार परिसरमा वृक्षारोपण गरेका छन् । दुई पार्टीबीच एकीकरण हुन लागेको अवसरमा वृक्षारोपण गरिएको बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दुवै पार्टीका नेताहरुले बिरुवा रोपेका थिए । ती बिरुवाहरु जापानबाट ल्याइएको बताइएको छ । पार्टी एकता संयोजन समितिको बैठक बस्नुअघि वृक्षारोपण गरिएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक/एक वटा जिन्को वाइलोवा नामको विरुवा रोपेको सचिवालयले जनाएको छ ।
पार्टी एकता संयोजन समितिका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए । जिन्को वाइलावोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।