राजनीति

दाहाल भन्छन्– मदन स्मृति दिवसमा एकता गर्ने प्रस्ताव मैले नै गरेँ

दाहाल भन्छन्– मदन स्मृति दिवसमा एकता गर्ने प्रस्ताव मैले नै गरेँ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज मदन आश्रित स्मृति दिवसको दिनमा पार्टी एकता गर्न आफूले नै प्रस्ताव गरेको बताएका छन् ।

मदन आश्रितको २५ औं स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“आज पार्टी एकता गर्नुपर्छ भनेर मैले नै प्रस्ताव गरेको हुँ,” उनले कार्यक्रममा भने,“यो नै मदनप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।” उनले एमालेसँग निषेध, रुपान्तरण र संघर्षको माध्यमबाट एकताको तहमा आइपुगेको बताए ।


 

तपाईंको मत