देश
चितवन । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला अदालत चितवनले श्रीमान्लाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश कुलप्रसाद शर्माको इजलासले उक्त सजाय सुनाएको हो । ०७४ जेठ २१ गते राति सुतिरहेको अवस्थामा २६ वर्षकी श्रीमती रेखा राउतलाई ३५ वर्षका पति पप्पु राउतले हत्या गरेको भन्दै मृतकका दाइ भदै राउतले चितवन प्रहरीमा जाहेरी दिएका थिए ।
भारत पूर्वी चम्पारण घर भएका राउत मजदुरीको काम गर्ने क्रममा भरतपुर–३ स्थित बेलचोकमा भाडामा बस्दै आएका थिए । श्रीमान् श्रीमतीको झगडाको क्रममा पति पप्पुको कुटपिटबाट श्रीमती रेखा गम्भीर घाइते भएकी थिइन् । रेखाको नारायणी सामुदायिक अस्पताल उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५ ०७:४९
प्रतिक्रिया दिनुहोस्