site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पञ्जाव विरुद्ध मुम्बईको रोमाञ्चक जित, दुबै टिमको प्लेअफमा पुग्ने सम्भावना जिवितै
Sarbottam CementSarbottam Cement

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले जित निकालेको छ । किंग्स इलाभेन पञ्जाबमाथि ३ रनको रोमाञ्चक जित हात पार्दै मुम्बईले अन्तिम चारमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।
मुम्बईस्थित वान्खडे रंगशालामा भएको खेलमा घरेलु टोली मुम्बईले पञ्जाबलाई निरिह बनाएको हो । १८७ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १८३ रन मात्रै बनाउन सक्यो । पञ्जाब कुनै बेला जित नजिक रहेपनि हारको सिकार बन्यो । 

पञ्जाबका लागि लोकेश राहुलले ९४ रन बनाएपनि आफ्नो टिमलाई जिताउन सकेनन् । उनले ६० बलमा १० चौका र ३ छक्काको मद्दतमा ९४ रन बनाएका थिए । त्यस्तै, पञ्जाबका लागि एरोन फिन्चले ४६ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।
मुम्बईका लागि जस्प्रित बुम्रहले ३ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । मुम्बईका लागि कैरोन पोलार्डले २३ बलमा ५० रन, क्रुनाल पान्ड्याले ३२ रन बनाएका थिए ।
यता बलिङतर्फ पञ्जाबका एन्ड्रव टाईले ४ विकेट लिएका थिए ।

आईपीएलको शीर्ष स्थानमा सनराइजर्स हैदराबाद रहेको छ । १२ खेल खेलेको हैदराबादले ९ खेलमा जित ३ खेलमा हार ब्यहोर्दै १८ अंक बनाएर प्लेअफमा पुगि सकेको छ । त्यस्तै १६ अंक बनाएको चेन्नाई सुपर किंग्स पनि प्लेअफमा पुगि सकेको छ । यता तेस्रो स्थानमा रहेको कोलकत्ता नाइट राइडर्सको १३ खेलबाट १४ अंक रहेको छ । चौथो स्थानमा उक्लिएको मुम्बई इन्डियन्स, राजस्थान रोयल्स र किंग्स इलाभेन पञ्जाबको समान १२ अंक रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC