Skip Advt.
ad

अर्थ व्यवसाय

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, मट्टितेलको मूल्य ९२ रूपैयाँ

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, मट्टितेलको मूल्य ९२ रूपैयाँ
baahrakhari

काठमाडौँ (रासस)। पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो । 
बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । 


तपाईंको मत