Skip Advt.
ad

देश

यस्तो छ आजको दिन– वृष र मीन अनुकूल

यस्तो छ आजको दिन– वृष र मीन अनुकूल


२०७५, ज्येष्ठ ३ गते बिहिबार, अधिक ज्येष्ठशुक्ल द्वितीया नक्षत्र रोहिणी, सुकर्मायोग,,वृषमा चन्द्रमा,  
 

मेषः दिन अनुकूल रहनेछ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । शरीर स्वस्थ हुनेछ । 

वृषः दिन भाग्योदयकारक रहनेछ । बौद्धिक र चिन्तनमूलक काम हुनेछ । पढाइ लेखाइमा थप गति थपिनेछ । अरूबाट सहयोग मिल्नेछ । 

मिथुनः दिन प्रतिकूल रहनेछ । खर्चको मात्रा बढ्नेछ । पारिवारिक झमेला थपिनेछ । जग्गा जमिन सम्बन्धी काममा व्यवधान आउनेछ । 

कर्कटः दिन अनुकूल रहनेछ । आय आर्जनका विभिन्न बाटाहरू खुल्नेछन् । व्यवहारमा सरलता आउनेछ । मनमा सन्तोष मिल्नेछ । 

सिंहः दिन उत्तम रहनेछ । आँटे ताकेको काममा सफलता मिल्नेछ । सामाजिक दायित्व वहन गरिनेछ । दीर्घकालीन कामको सोच हुनेछ । 

कन्याः दिन सार्थक रहनेछ । आध्यात्मिक क्षेत्रमा रूचि बढ्नेछ । अरूबाट सहयोगको अपेक्षा गर्नु नै बेस हुनेछ । 

तुलाः दिन प्रतिकूल रहनेछ । काममा ढिलासुस्ती हुनेछ । सामाजिक सद्भावमा आँच आउनसक्छ । प्रत्येक काममा सावधानीको खाँचो पर्नेछ । 

वृश्चिकः दिन अत्युत्तम रहनेछ । कामप्रति जिज्ञासा बढ्नेछ । व्यापार व्यवसाय फस्टाउनेछ । प्रियजनसँग भेटघाट हुनेछ । 

धनुः दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । आँटेको काम बन्नेछ । निर्णय क्षमताको विकास हुनेछ । मावलीतिरबाट सन्तोष मिल्नेछ । 

मकरः दिन उचित रहनेछ । मनमा चिन्ता कम हुनेछ । स्वास्थ्य सबल रहनेछ । बौद्धिक काम गरिनेछ । प्रतिस्पर्धा सार्थक रहनेछ । 

कुम्भः दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनसक्छ । निर्णय क्षमतामा दुविधा बढ्नेछ । महत्वपूर्ण कामको अपेक्षा नगर्नु बेस हुनेछ । 

मीनः दिन उत्तम रहनेछ । आम्दानीका प्रशस्त मार्गहरू खुल्नेछन् । सामाजिक कामको दायित्व बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 
 

तपाईंको मत