अर्थ व्यवसाय
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी क्षत्रीले बुधवार हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकले बैंकका ७९ शाखाहरुबाट जीवन बिमा सुलभ र सहज रुपले उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५ २१:१२
प्रतिक्रिया दिनुहोस्