site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से बढ्यो, कारोबार रकम बढेन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचकमा बुधबार सामान्य सुधार आएपनि कारोबार रकम कम देखिएको छ ।
पछिल्लो केही समय नकारात्मक बनेपनि बुधबार अचानक सुधारिएको हो ।
तर, बजेट र सरकारको नीति तथा कार्यक्रम आउने क्रममा लगानीकर्ता “पर्ख र हेर”को अवस्थामा रहँदा बजारमा कारोबार रकम भने उल्लेख्य बढ्न सकेको छैन । त्यसैगरी, लगानीकर्ताको केवाईसी अद्यावधिक गर्ने क्रम चलिरहँदा यसको प्रभाव बजामा परेको जानकारहरुको दावी छ ।
त्यसैको परिणाम बजारमा कारोबार रकम खासै बढ्न सकेको छैन ।
बुधबार पनि बजारमा यस्तै क्रम देखियो । कारोबार सुरु भएको केही समय सुस्त करोबार भएपनि पछि हवात्तै बढेको थियो । अन्ततः करोबार हिजोको तुलनामा ३२ प्रतिशतले बढेपनि उल्लेख्य ठूलो परिणामको सेयर किनबेच हुन सकेन ।
यसदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) पििरसूचक ४ दशमलव १६ अंकले बढेर १३३८ दशमलव शून्य १ को बिन्दूमा पुगेपनि कूल २२ करोड २० लाख रुपैयाँको सेयर किनबेच भए । यसक्रममा बजारमा १५८ कम्पनीका ४ लाख २३ हजार ३७६ कित्ता सेयर कारोबारमा आएका हुन् ।
बुधबार वित्त र उत्पादनमूल समूह बाहेका सबै समूहमा सुधार देखिँदा परिसूचक सुधारिएको हो । बढ्नेमा होटल समूह सर्वाधिक ४६ दशमलव १४ अंक (२.३९ प्रतिशत)ले बढ्दा ट्रेडिङ ५.८३ (२.९१ प्रतिशत)ले सुधारियो ।
यसदिन वोमि माइक्राफाइनान्सको सेयरको सर्वाधिक कारोबार भए । कम्पनीको १ करोड ५६ लाख पैयाँ बराबरको सेयर खरिदविक्री हुँदा मिर्मिरे माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । कम्पनीको सेयरको सेयर मूल्य ९.९७ प्रतिशतले बढ्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC