site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
४४१ केन्द्रीय कमिटी, चुनाव चिन्ह सूर्य, भोलि एकता 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता गर्ने निर्णय गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिलाई अनुमोदन गरेको छ ।
एमाले स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार बिहीबार हुने एकतापछि नयाँ बन्ने पार्टीको केन्द्रीय कमिटीको संख्या ४४१ हुने, ४३ सदस्यीय स्थायी कमिटी र चुनाव चिन्ह सूर्य हुनेछ ।

Agni Group

२४१ एमाले र २ सय माओवादीका केन्द्रीय कमिटीमा रहनेछन् । 

स्थायी कमिटीको बैठकले दुई अध्यक्षबीच भएको निर्णयलाई स्वागत गरेको भट्टराईले जानकारी दिए । 

Global Ime bank

“पार्टी एकता कुन साल, कुन महिनामा होला भन्ने थियो” उनले भने, “ कुन दिन भन्दै अब घण्टातिर आएका छौं । निर्वाचन आयोगमा प्रस्तुत गर्ने विधान, लगायतका विषय एकता संयोजन समितिले टुंगो लगाउनेछ ।”
यसअघि एमालेका नेता वामदेव गौतमले भोलि बिहीबार नै पार्टी एकता हुने बताए ।

स्थायी कमिटीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले बिहीबार नै पार्टी एकता हुने बताएका हुन् ।

“भोलि नै पार्टी एकता हुन्छ,” गौतमले भने, “एकता संयोजन समितिको बैठकले सबै कामको टुंगो लगाउँछ । बेलुकासम्म पार्टी एकताको घोषणा हुन्छ ।” चुनाव चिन्ह सूर्य नै हुने उनले जानकारी दिए । यसैबीच बिहीबार बिहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेर एकताको घोषणा गर्ने तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC