site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विश्वकपको लागि इंग्ल्यान्डद्वारा राष्ट्रिय टोलीको घोषणा
Ghorahi CementGhorahi Cement

एजेन्सी । इंग्ल्यान्डले रुसमा हुने फिफा विश्वकप फुटबलको लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ । जेठ अन्तिम साताबाट सुरु हुने विश्वकप फुटबलको लागि इंग्ल्यान्डले बुधबार २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको हो ।

इंग्ल्यान्डको मुख्य ग्यारेथ साउथगेटले घोषणा गरेको इंग्ल्यान्डको टोलीमा ३ गोल रक्षक, ९ डिफेन्डर, ७ मिडफिल्डर र ४ फरवार्ड रहेका छन् ।  इंग्ल्यान्डको टोलीमा गोल रक्षकको जिम्मेवारी एभर्टनका जोर्डन पिकफोर्ड, स्टोक सिटीका ज्याक बटल्याण्ड र बर्नलीका निक पोपेले पाएका छन् ।

Agni Group

डिफेन्डरमा म्यानचेस्टर युनाइटेडका एस्ले योङ, फिल जोन, टोटनह्यामका क्ले वाल्कर, ड्यानी रोज, केइरन ट्रीपर, म्यानचेस्टर सिटीका जोन स्टोन्स, चेल्सीका ग्रे काहिल, लेष्टर सिटीका ह्यारी मगुइरे र लिभरपुलका ट्रेन्ड आर्नोल्ड रेहका छन् ।

यस्तै मिडफिल्डरमा टोटनह्यामका एरिक डिएर, डेली अली, म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ, फाबियान डेल्फ, म्यानचेस्टर युनाइटेडका जेसे लिंगार्ड, चेल्सीका रुबिन चेक र लिभरपुलका जोर्डन हेन्डरसन रहेका छन् ।

Global Ime bank

इंग्ल्यान्डको फरवार्ड लाइन टोटनह्यामका ह्यारी केन, लेष्टरका जेमी भर्डी, आर्सनलका ड्यानी वेलबेक र म्यानचेस्टर युनाइटेडका मार्कुस राष्फोर्डले सम्हाल्ने छन् ।

आगामी जेठ ३१ गतेबाट सुरु हुने २१ औँ संस्करणको विश्वकपमा इंग्ल्यान्ड समूह ‘जी’ मा रहेको छ । इंग्ल्यान्डको समूहमा बेल्जियम, पानमा र ट्युनिसिया रहेका छन्  । यो  संस्करणको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC