site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

चितवन . विकास निर्माणसँगै वन्यजन्तु प्रभावित नहुन भन्नका लागि नारायणगढ–मुग्लिन सडक आयोजनाले वन्यजन्तु मैत्री सडक निर्माण गरेको छ । आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो -अण्डरपास_ निर्माण गरेको छ । आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ । 

उgका अनुसार भरतपुर महानगरपालिका–१ आँपटारीमा दुई वटा र भतेरीमा दुई वटा अण्डरपास निर्माण गरिएको छ । जसबाट वन्यजन्तु वारपार गर्न सक्नेछन् । सडकमा वन्यजन्तु आउने र दुर्घटना हुने भएकाले अण्डरपास निर्माण गरिएको हो । 

Agni Group

ती अण्डरपासमा सिसी क्यामरा जडान गरी अनुगमन पनि गरिएको छ । सिसी क्यामरामा चितुवा, बँदेल, मृग, जंगली बिरालो लगायतका साना जनावर वारपार गरेको देखिएको भए पनि हात्ती, गैँंडाजस्ता ठूला जनावर वारपार गरेको भने भेटिएको छैन । सोही क्षेत्रमा एक किलोमिटर तीनसय मिटर सडक क्षेत्रमा तारबार गरिँंदै छ, जसका कारण जनावरले जथाभावी सडक पार नगरी अण्डरपास प्रयोग गरुन र दुर्घटना नहोस् भन्नका लागि तारबार गरिएको विज्ञ पाठकले बताP .  

यस्तै सोही क्षेत्रमा चार ठाउँमा जंगली जनावरलाई लक्षित गरी पोखरी खनिएको उgले जानकारी दिP . समिढाप, साउनेपानी, ढ्याङ्ग्रेखोलामा पोखरी खनिसकिएको छ भने जलदेवीमा खन्ने तयारीमा रहेको छ । वन्यजन्तुले पानी पिउन र पौडी खेल्न सहयोग पुगोस् भन्ने उद्देश्यले पोखरी खनिएको उgn] atfP . 

Global Ime bank

आयोजनाले सडक क्षेत्रमा काटिएका रुखको क्षतिपूर्ति बापत पदमपुर सामुदायीक वनमा पाँच हेक्टर जमिनमा आठ हजार बिरुवा लगाएको जनाएको छ । विज्ञ पाठकका अनुसार एक रुख काटिएबापत २५ बिरुवा लगाउनुपर्ने हुन्छ । सोही अनुरुप टाँकी, बकाइनो, रक्तचन्दन लगायतका बिरुवा रोपिएको उgn] atfP . ती बिरुवा हुर्काउने काम पनि आयोजना गर्नेछ । 

विश्व बैंकको सहयोगमा सडक विस्तार भइरहेकाले यसबाट वातावरणमा प्रभाव नपरोस् भन्ने उद्देश्यले विशेष ध्यान दिने गरिन्छ । नारायणगढ–मुग्लिन सडकको आँपटारीदेखि भतेरीसम्म दुबैतर्फ वन रहेको छ । ती क्षेत्रमा रहेका वन्यजन्तु प्रभावित नहुन भन्नका लागि आयोजनाले विशेष ध्यान पुया{उँदै आएको छ । /f;;

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC