site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले निर्वाचन क्षेत्र विकास कार्यक्रम र सासंद विकास कोषको अवधारणा दोहोर्याउन माग गरेका छन् । 

प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्ताव बाहेक) का सम्वन्धमा बुधबार भएको छलफलमा उनीहरुले अल्पसंख्यक, पिछडिएको समुदायको उत्थानका लागि पनि निर्वाचन क्षेत्र विकास कार्यक्रम र संसद विकास कोष आवश्यक भएको जिकिर गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले विगतमा प्रयोगमा आएका सासंद विकास कोष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको मोडालिटी संघीयतामा कति जायज छ भन्ने विषयमा राष्ट्रिय वहस भइरहेको बताए ।  

उनले भने, “एकात्मक राज्य प्रणालीमा फिट भएको मोडेलको बहसको टुंगो नलगाई ५ नं प्रदेशले निर्णय गर्न मिल्दैन ।” 

Global Ime bank

मुख्यमन्त्री पोखरेलले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको उल्लेख गर्दै पूर्वाधार विकासमा नै बजेट बढी जाने देखिन्छ भने । उनले पूर्वाधार र जनशक्तिको विकास नभए कृषि, पर्यटन र उद्योगको विकास हुन नसक्नेमा जोड दिँदै जनताको जीवनस्तरमा परिवर्तन ल्याउन विकास गर्नुपर्ने क्षेत्र कृषि भएको बताए ।  

नेकपा (एमाले) का सचेतक भूमिश्वर ढकालले स्रोत पहिचान गरेर बजेट तर्जुमा गर्नुपर्नेमा जोड दिँदै करको दायरालाई विस्तार गर्नुपर्ने बताए । 

नेकपा माओवादी केन्द्रका सचेतक दधिराम न्यौपानेले विकासका आयोजना गाउँदेखि शहरसम्म व्यवस्थित नभएको उल्लेख गर्दै चक्लाबन्दी आवश्यक रहेको बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC