site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

चरिकोट, रासस । दोलखा भिमेश्वर नगरपालिका–८ स्थित देवी माध्यमिक विद्यालयमा अध्ययनरत् करीब चार सय ५० बालबालिका विद्युतीय प्रवाहको उच्च जोखिममा रहेका छन् । 

भूकम्पपछि निमार्ण भएका जस्ताको टहरोमाथिबाट लामोसाँघु जिरी खण्डको १३२ केभी विद्युत् प्रशारण लाइन गएका कारण उनीहरु उच्च जोखिममा रहेका हुन् । 

विद्यालय वरपरी दुईवटा राष्ट्रिय प्रशारण लाइनका पोलमा तार जडान गरिएको छ भने अन्य आठवटा पोल गाडेर गाउँलेलाई नै विद्युत् आपूर्ति गर्दा विद्यालयमा सधैं विद्युतीय प्रवाह हुन सक्ने त्रास त्यहाँका वालवालिका, शिक्षकशिक्षिका र अभिभावकमा देखिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विद्युतीय प्रवाहको त्रासमा विद्यार्थीको पठनपाठनमा समस्या त छन् नै, त्यसमा पनि विद्यालयमा आउँदा विद्यार्थीलाई कति खेर के हुने हो भन्ने त्रासमा बाच्न वाध्य भएको सो विद्यालयका अभिभावक काजी बुढाथोकीले बताए । 
कक्षा १२ सम्म पठनपाठन हुने सो विद्यालय जिल्लाकै अग्रेणी विद्यालयको रुपमा पर्छ । तर विद्युतीय प्रशारण लाइनका कारण विद्यालयको भौतिक पूर्वाधार बन्न सकेका छैनन् । विद्यालयका प्रअ किशोर दाहाल भन्छन्, “हामीलाई पठनपाठन गर्न समस्या छ, विद्यार्थीलाई यस बाहेक अन्यत्र जग्गा नहुँदा कतै लैजाने र सार्न पनि सकेको छैन ।” 

यो प्रशारण लाइनका कारण वर्षात् हुँदा, चट्याङ पर्दा र हावाहुरी चल्दा विद्यालय बन्दै गरेर हिँड्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । 

Global Ime bank

विद्युत् प्राधिकरणका दोलखा शाखा कार्यालयले यस विषयमा केही गर्न नसक्ने जनाएको छ । विद्युत् प्राधिकरण दोलखाका कार्यालय प्रमुख अमृतबाबु अधिकारीले शुरुमा नै सरकारले मुआब्जा दिएकाले प्रशारण लाइनको नौ मिटर वरपर कुनै पनि खालको भौतिक संरचना निमार्ण गर्न नमिल्ने र प्रशारण लाइनका पोल सार्न समेत नमिल्ने बताउँछन् । 
उनी भन्छन्, “ठूलो भोल्टेज क्षमता भएको प्रशारण लाइन भएकाले यसमा केबुलिङ समेत गर्न मिल्दैन, यस्ता ठाउँमा भौतिक संरचना निमार्ण गर्न र त्यसमा पनि झनै विद्यालय जस्तो संवेदनशील क्षेत्र नै सञ्चालन हुनु भनेको जोखिम बढाउनु जस्तै हो ।” 

विद्यालय प्रशासनले भने यहाँबाट कि त विद्यालय सारिदिनु पर्छ, कि त प्रशारण लाइन नै । विद्यालयका प्रअ दाहाल भन्छन्, “हामीले सम्बन्धीत सरकारी संयन्त्र, जिल्लाका राजनीतिक दल र सांसदसँग पनि यसवारेमा पटक पटक छलफल र जानकारी गरायौं, प्रशारण लाइनका कारण हामी जोखिममा पयौं तर कतैबाट कुनै सुनुवाइ अहिलेसम्म हुन सकेको छैन ।” 

हालै जिल्ला शिक्षा कार्यालय दोलखाले सोही स्थानमा विद्यालय भवन निमार्ण गर्न भन्दै रु ९८ लाख बजेट उपलब्ध गराएको छ । तर विद्यालयको आफ्नै समस्या रहेको बताउँदै प्रअ दाहाल भन्छन्, “भवन निर्माण नगर्दा विद्यार्थीलाई पढ्ने स्थान छैन, गर्दा भने विद्युतीय प्रवाहको उच्च जोखिम स्थान छ ।” 

विद्यालय हाताभित्र हाई भोल्टेजका प्रशारण लाइन भएकै कारण इन्टरनेट नचल्ने कम्युटर पट्कने जस्ता समस्या समेत देखा परेको विद्यालयका शिक्षक शिक्षिका बताउँछिन् । 
विद्युतीय प्रवाहको डर तथा चट्याङ र हावाहुरीजस्ता प्राकृतिक प्रकोप निम्तिनसक्ने डरले यहाँका विद्यार्थी विद्यालयमा अध्ययन गर्न जाने की नजाने भन्ने अवस्थामा पुगेको स्थानीयवासी बताउँछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC