राजनीति

पार्टी एकतामा ‘ब्रेक थ्रु’, एमालेले बोलायो आकस्मिक केन्द्रीय कमिटी बैठक

पार्टी एकतामा ‘ब्रेक थ्रु’, एमालेले बोलायो आकस्मिक केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमाले र माओवादी केन्द्रबीच जारी एकता प्रक्रियामा ‘ब्रेक थ्रु’ भएको छ । एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन नेकपा एमालेले डेढ वर्षपछि केन्द्रीय कमिटीको बैठक बोलाएको छ। 

बैठक भोलि बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । त्यसअघि १० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने बुधबार बसेको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको ‘वान टु वान’ वार्ताले तय गरेको थियो ।

“एकता प्रक्रिया निष्कर्षउन्मुख छ, दुवै पार्टीले बैठक बोलाएका छन् । आजै एमाले स्थायी कमिटीको बैठक बस्दैछ,” नेम्वाङले बाह्रखरीसँग भने ।

त्यस्तै, माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि एकताको गतिरोध अन्त्य भएको बताए । उनले केहीबेरमा पार्टीको केन्द्रीय कमिटीको विस्तारित बैठक आयोजना गरिएको बताउँदै छ्ट्टिै एकता हुने दिशामा अघि बढेको जानकारी दिए ।

तपाईंको मत