site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली र दाहालले बैठकपछि भने– एकतामा ‘वर्किङ प्रोग्रेस’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दुईघण्टा वार्ता भएको छ । एकता प्रक्रियामा देखिएको आशंका हटाउने विषयमा दुई नेताबीच छलफल भएको थियो ।
बुधबार बिहान भएको एक्लाएक्लै वार्तापछि दुवै पार्टीले आन्तरिक छलफल गर्दैछन् । त्यसका लागि एमाले र माओवादी केन्द्र दुवैले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।

माओवादी केन्द्रले सचिवालय र एमालेले स्थायी कमिटीको बैठक बोलाएका छन् । दुई नेताको बैठकपछि एमालेका नेता विष्णु पौडेलले दुई नेताले आफूहरुलाई दिएको जानकारी अनुसार बैठक सकारात्मक रुपमा अघि बढेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीलाई वर्किङ प्रोग्रेस भनेर जानकारी दिनुभएको छ,”पौडेलले पत्रकारसँग भने, “एकता संयोजन समितिको बैठक भोलिका लागि बोलाउनुभएको छ । कसरी एकता निष्कर्षमा पुर्याउने भन्ने बारेमा छलफल हुनेछ ।”

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकता संयोजन समितिको बैठक बिहीबार बिहान १० बजे बोलाइएको जानकारी गराए । उनले एकता संयोजन समितिको बैठकमा नै सबै कुरा जानकारी गराउने नेताहरुले बताएको जानकारी दिए ।
फाइल तस्बिर 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC