site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
क्यानडामा कार्यशाला गोष्ठी सम्पन्न
Sarbottam CementSarbottam Cement

क्यानडा । नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन, एडमन्टन, क्यानाडाले संयुक्त रुपमा युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा "तेस्रो नेपाली कार्यशाला गोष्ठी"  सम्पन्न गरेको छ। क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ६० जना नेपाली बिज्ञ र अनुसन्धानकर्मीहरुको उपस्थिती थियो।    

अनुसन्धान र नबिन प्रयोगको माध्यमबाट शिक्षा, प्राज्ञिक तथा व्यावसायिक व्यक्ति र नेपाली समुदायलाई जोड्ने  उद्देश्य रहेको उक्त  कार्यशाला गोष्ठीमा क्यानाडामा रहेर विभिन्न बिषयमा अनुसन्धान गरिरहेका १४ जना अनुसन्धानकर्ताहरुले आ-आफ्नो कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

अल्बेर्टा र सस्काचुवान , क्यानाडाका नेपाली मुलका अनुसन्धानरत विद्यार्थी, बिभिन्न सरकारी निकाए र कम्पनीमा कार्यरत बिज्ञहरु  तथा प्राज्ञिक व्यक्तित्वहरुले नेपाल सम्बन्धी र अन्य रोचक बिषयमा खोजमुलक प्रस्तुति दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

ईन्जिनियरिङ्ग, स्वास्थ्य बिज्ञान र पशुचिकित्सा, बिकास तथा सामाजिक बिज्ञान र प्राकृतिक तथा वातावरणिय बिज्ञान गरी ४ वटा सत्रमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।  उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु ति नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए ।  
आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक उज्वल तिवारीले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक ब्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गरेका थिए ।

अल्बेर्टा राज्यको भौतिक पुर्वाधार मन्त्रालयमा उर्जा तथा बातावरण बिशेषज्ञरुपमा कार्यरत डा. अर्जुन बहादुर केसीले नेपालमा बिद्युतिय सवारी साधनको आवश्यकताको बारेमा प्रस्तुति दिएका थिए ।

Global Ime bank

राष्ट्रको ब्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदुषण काम गर्न, चीन र भारतले पनि आगामी दशकमा पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनको बेचबिखन न्युन वा अन्त्य गर्न कदम चालिसकेको अवस्थामा नेपालले पनि बिद्युतिय सवारी साधनको प्रबर्ध्दन गर्न आवश्यक नीति नियम र संरचनाहरु बनाउन ढिला भइसकेको बताएका थिए ।

चीन, अमेरिका, नर्वे जस्ता देशहरुले बिद्युतिय सवारी साधनको प्रबर्ध्दन गर्न लिएका नीतिहरू र बनाइएका संरचनाहरुको चर्चा गर्दै नेपालले लिनुपर्ने नीतिहरू उल्लेख गरेका थिए ।

बिद्युतिय सवारी साधनको प्रयोग बढाउन बिद्युतिय सवारी साधनमा कर कम लिने, सरकारीले सवारी साधन किन्दा बिद्युतिय सवारी साधन किन्ने, अहिलेका पेट्रोल पम्पहरुमा बिद्युतिय सवारी साधन चार्ज गर्न कम्तिमा २ वटा स्टेशन बनाउने, बिद्युतिय सवारी साधन किन्दा सस्तो ब्याजदर लोन दिने आदी कार्य गरेमा नेपालमा आफ्नै देशमा उत्पादित बिजुली प्रयोग गरेर सवारी साधन चलाऊन सकिने बताए ।

अल्बेर्टा सरकारमा बाँध (ड्याम) बिज्ञको रुपमा कार्यरत मोहनाथ आचार्यले बाँध (ड्याम) तथा हाइड्रोपावरमा हुन सक्ने बिपदको आपतकालीन तयारी र व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर आफ्नो प्रस्तुति दिएका थिए ।

उत्तर अमेरिकामा बिशेष गरी क्यानाडा र अमेरिकामा ड्यामको डिजाईन तथा निर्माणको बेलामा भविष्यमा हुन सक्ने जोखिमलाई कसरी अध्ययन गरिन्छ र जोखिमलाई न्युनिकरण गर्न के कस्तो आपतकालीन तयारी र व्यवस्थापन गरिन्छ त्यसको उदाहरण दिँदै नेपालमा अहिलेसम्म पनि ड्याम तथा हाइड्रोपावरमा निर्माण गर्दा तल्लो तटिय क्षेत्रमा हुने जोखिमलाई अध्ययन गरिएको नदेखिएको र हाम्रो जस्तो उच्च भुकम्पिय जोखिम भएको क्षेत्र यस्तो सम्भावित बिपद्को  आपतकालिन तयारी र व्यवस्थापन अत्यन्त महत्पूर्ण भएको बताए ।

ईन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका प्राध्यापक रहिसकेका रिजाइना शहरका शहरी योजनकर्ता डा. पुण्यसागर मरहट्टाले राजनैतिक रुपमा नेपाल कसैको पनि उपनिबेश नभएता पनि सांस्कृतिकरुपमा हामी उपनिबेशबाट मुक्त हुन नसकेको बताए ।
डा. जनकराज आचार्यले नेपालीमुलका क्यानाडाबासीहरुले आफ्नो अवकाश जीवन क्यानाडा वा नेपालमा बिताउँदा कस्तो आर्थिक अवस्था रहन्छ भनेर क्यानाडा र नेपालको तुलनात्मक अध्ययन गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०७:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC