site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
गाजा क्षेत्रको हिंसा २०१४ को युद्धपछिकै भयानक, सोमबार मात्रै ५८ को मृत्यु, २७०० घाइते
Sarbottam CementSarbottam Cement

बीबीसी । इजरायल विरुद्ध गाजा क्षेत्रमा सोमबारबाट सुरु भएको हिंसात्मक प्रदशर्नी मंगलबार पनि जारी रहेको छ । गाजा क्षेत्रस्थित इजरायली सीमामा प्यालेस्टाइनीहरुको विरोध कार्यक्रम एक हप्ता अगाडि देखि नै जारी थियो तर सोमबारको हिंसालाई भने २०१४ को युद्ध पछिकै भयानक लडाईँ बताइएको छ जसमा अहिलेसम्म ५८ प्यालेस्टाइनी नागरिकहरुले ज्यान गुमाएका छन् भने २७०० भन्दा बढी घाइते भएको बताइएको छ ।

इजरायल स्थापना भएको ७० औँ वार्षिकोत्सव मनाउने क्रममा अमेरिकाले विवादित जेरुसलमलाई इजरायलको राजधानी घोषित गरि सोमबार त्यहाँ नयाँ दूतावासको उद्घाटन गरेपछि प्यालेस्टाइनी प्रदर्शनकारीहरु आक्रामक बनेका हुन् । वास्तवमा पूर्वी जेरुसेलमलाई प्यालेस्टाइनले आफ्नो भविष्यको राजधानी मान्ने गरेकाले उनीहरुले यो भन्दा पहिले पनि यस विषयमा ट्रम्पलाई आफ्नो निर्णय फिर्ता लिन चेतावनी दिएका थिए । यसैबीच सोमबार इजरायलको सीमा क्षेत्रवरपर १३ ठाउँमा उपस्थित करिब ४० हजार प्रदर्शनकारीहरु र इजरायली सेनाबीच ठूलो झडप भएको हो । विरोधकारीहरुले सेनामाथि ढुङ्गा हान्दै बलिरहेको टायर फालेका थिए भने इजरायलले चाहिँ यसको प्रतिउत्तरमा प्रत्यक्ष गोली चलाइ गरि अश्रु ग्यास प्रहार गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस विषयमा इजरायलका प्रधानमन्त्री नेतानयाहूले आफ्नो देशको सेनाले प्रतिरक्षाका निम्ति मात्र प्रदशर्नकारीमाथि हतियार उठाएको बताएका छन् । उनका अनुसार गाजा क्षेत्रमा व्याप्त रहेको हामा आतङ्ककारी संगठनले नै इजरायल भित्र प्रवेश पाउन हजारौँका सङ्ख्यामा मानिसहरुलाई सीमा क्षेत्रमा पठाएका हुन् । त्यसैकारण सेनाले आफ्नो देशको सार्वभौमिकता र जनताको सुरक्षाका लागि ठोस कदम उठाउन जरुरी भएको उनको भनाइ  छ । इजरायली सेनाले पनि आतङ्क मच्चाउन खोजेका विरोधकारीहरुमाथि मात्र बन्दुक चलाएको दाबी गरिरहेको छ । तरपनि प्रदर्शनकारीहरुमाथि इजरायलको व्यवहार कुनैपनि हालतमा नैतिक नभएको संयुक्त राष्ट्र संघका मानवअधिकार प्रमुखले बताएका हुन् ।

यस घटनापबारे ह्वाइट हाउसका तर्फबाट प्रवक्ता राज शाहले भने यस्तो बयान दिएका छन्, ‘यस दुःखद् घटनाको जिम्मेवार हामा आतङ्की संगठन हुन् जसले जानीजानी इजरायली सेनालाई भड्काउने काम गरि यस किसिमको हिंसा निम्त्याएका छन् ।’ उता कुवेतले भने संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् समक्ष घटनाबारे स्वतन्त्र छानबिन गरिनुपर्ने माग राखेको छ । बेलायतले पनि ठूलो सङ्ख्यामा रहेका हतियारविहिन प्रदशर्नकारीमाथि लापरबाहीपूर्ण गोली चलाइएको प्रति गम्भीर चिन्ता व्यक्त गरेको छ तर अर्कोतर्फ विरोध कार्यक्रम पनि शान्तिपूर्ण ढङ्गले जारी राख्नुपर्ने बताएको हो । जर्मनीले चाहिँ इजरायलसँग प्रतिरक्षा गर्ने पूरा अधिकार रहेको तर यसका लागि उपयुक्त तरिका अपनाउनु पर्ने प्रतिक्रिया दिएको छ । यसअघि नै हिंसाका लागि अमेरिका र इजरायललाई दोषी ठहर्याएको टर्कीले दुवै देशका दूतहरुसँग स्पष्टिकरणको माग राखेको छ । दक्षिण अफ्रिकाले पनि इजरालको अनैतिक गतिविधिप्रति चिन्ता व्यक्त गरिरहेको बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC