site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
दिल्लीमा रहेका सन्दीप लामिछाने भन्छन्– मेरो प्राथमिकता नेपाल र नेपाली क्रिकेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन्दीप लामिछानेले आफ्नो पहिलो प्राथमिकता नेपाल र नेपाली क्रिकेट भएको बताएका छन् । दिल्ली डेयरडेभिल्सले गरेको फेसबुक लाइभमा आफ्नो फ्यानहरूसँग सन्दीपले आफु जहिले पनि नेपाल र नेपालीका लागि खेल्ने गरेको बताएका हुन् ।

सन्दीपले धेरै कुराको अनुभव लिई रहेको फेसबुक लाइभमा भनेका छन् । उनले भने “मेरो प्राथमिकता भनेको नेपाली क्रिकेट टिम हो । नेपालको गेम हुदा पहिलो प्राथमिकता भनेको नेशन नै हुन्छ । त्यसपछि अरु पनि रिक्स आउछ । सबै भन्दा माथि नेपाल नै राख्छु । नेपाल क्रिकेटका लागि आगमी दिनमा राम्रो गर्ने कोशिस गर्ने छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

सन्दीपले भने “हामी सबैले कडा प्ररिश्रम गरेका छौं । र डिल्ली डेयरडेभिल्सका सबै सदस्यलाई धन्यवाद भन्न चाहन्छु मलाई छनोट गरेकोमा । सबै कुराहरू राम्ररी नै अघि बढि रहेको छ तर हामीले खेलहरू हा¥यो । तर यहाँ केही कुराहरू सकारात्मक पनि भएका छन् ।”
फेसबुक फ्यानको प्रश्नको उत्तर दिदै सन्दीपले नेपाल र भारतको पिचमा फरक रहेको हुदा आफुलाई घुलमिल हुन समय लागेको पनि बताए । सन्दीपले भने “भारतको पिच र नेपालको पिचमा अलिकति फरक हुदो रहेछ । ट्रनहरु चाहिँ नेपालको पिचमा धेरै हुन्छ । त्यसले गर्दा यहाँ आफुलाई घुलमिल गर्न अलिक समय लाग्छ ।”

ओपनिङ बलिङ गर्न पाउदा आफु नर्मस नभएको बताउदै सन्दीपले भारतीय कप्तान विराट कोहली विरुद्ध बलिङ गर्न पाउदा राम्रो महशुस भएको बताए । “प्रत्येक बलमा रन बनाई रहेका हुन्छ भारतका कप्तान विराट कोहली । उनी विरुद्ध बलिङ गर्न पाउदा राम्रो महशुस भयो । पार्थिव पटेललाई आउट गर्दा अभिस्मरणीय रह्यो । यो मेरो लागी गौरभको कुरा हो । ओपनिङ बलिङ गर्दा म नर्मस भएको थिइनँ । कप्तान श्रेयसले मलाई भनेका थिए कन्फिडेन्ट भएर बलिङ गर । मलाई त्यस्तो नर्मस महशुस नै भएन ।”

Global Ime bank

सन्दीप लामिछानेले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोर विरुद्ध डेब्यु गरेका थिए । सन्दीपले आफ्नो डेब्यु खेलमा नै अन्य बलरले भन्दा उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिएका थिए ।

सन्दीप लामिछाने आईपीएल खेल्ने नेपालको पहिलो खेलाडी हुन् । उनलाई दिल्ली डेयरडेभिल्सले अक्सनबाट २० लाख भारुमा अनुवन्ध गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC