बीबीसी । एक दिनमा पाँच एन्टी डिप्रेसेंट ट्याबलेट, आधा रातमा अस्पतालको यात्रा, रित्तोपनाको आभास, समय समयमा आत्महत्या गर्ने नकारात्मक सोच– ‘दंगल’ र ‘सीक्रेट सुपरस्टार’ नामक फिल्ममा काम गरी सकेकी बलिउड अभिनेत्री जायरा वसीम विगत चार वर्षबाट यो सबै झेल्दै आएकी छिन् ।
उनको अभिनय हेर्दा पहिलो नजरमै विश्वास नलाग्ला तर यो सत्य हो । हालै आप्mनो इन्स्टाग्राम पोस्टमा जायरा स्वयम्ले यसको खुलासा गरेकी छिन् । अभिनेत्री जायरा वसीम १७ वर्षकी हुन् । उनका अनुसार १२ वर्षको उमेरबाटै उनी यो समस्याबाट ग्रसित छिन् ।
बालबालिकामा डिप्रेशन
तर प्रश्न उठ्न सक्छ के १२ वर्षका बालबालिका डिप्रेशनको शिकार हुन सक्छन् ? यसै प्रश्नको जवाफ हो जायराको इन्स्टाग्राम पोस्ट ।
उनले लेखेकी छिन्, “आजसम्म म आफूमा डिप्रेशन र एन्जाइटीको समस्या छ भन्ने स्वीकार गर्न गराउँदै आएकी थिएँ । यसका पछि दुई कारण थिए– पहिलो यो शब्दसँग जोडिएको कलंक र दोस्रो मानिसहरु मलाई भन्न सक्थे कि तिमी डिप्रेस हुनका लागि सानै छ्यौ, यो एक समय हो विस्तारै सबै ठिक हुन्छ ।’’
उनले अगाडि लेखेकी छिन्, “साच्चैमा बच्चालाई डिप्रेशन नहुँदो हो, तर अरु हरुको लहलहैमा लागेर आज म यस्तो स्थितिमा पुगेकी छु कि जहाँमा जानीबुझी कहिल्यै आउन चाहन्नथे ।’’
जानकारहरुको भनाई मान्ने हो भने बच्चा डिप्रेशनको हुँदैनन् भन्नु सरासर गलत हो । मनोवैज्ञानिक डा. अरुणा ब्रुटा भन्छिन्, ‘‘जब बच्चामा फ्लू र ठूलाबडालाई लाग्ने रोग लाग्न सक्छ भने डिप्रेशन किन हुन सक्दैन ?’’ उनका अनुसार यो बिरामी जुन सुकै उमेर जो कोहीलाई पनि हुन सक्छ ।
ब्रिटेनको हेल्थ बेवसाइट एनएचएस च्वाइसका अनुसार १९ वर्ष अघिका हरेक चार बालबालिकामा एक् जनो डिप्रेशनको शिकार हुन्छ । बेवसाइटका अनुसार बच्चामा जति छिटो डिप्रेशनको पता लाग्छ त्यति नै राम्रो हुन्छ । यदि लामो समयलागे यसबाट जोगिन बढी समय लाग्छ ।
अभिनेत्री जायराले पनि आप्mो इन्स्टाग्राम पोस्टमा यसको जिकिर गरेकी छिन् । जायराका अनुसार उनलाई सधै डिप्रेशन २५ वर्षभन्दा माथिका व्यक्तिलाई मात्रै हुन्छ भनियो । यसै कारण उनी आफूलाई डिप्रेशन भएको मान्न तयार नै भइनन् ।
विभिन्न तथ्याङ्क हेर्दा विश्वमा झण्डै ३५ करोड मानिसहरु डिप्रेशनको शिकार भएका छन् ।
डिप्रेशनका लक्षणहरु
बालबालिमा डिप्रेशन भए–नभएको सहजै पत्ता लगाउने कयौं तरिकाहरु छन् । मनोवैज्ञानिक अरुणा ब्रुटाका अनुसार शुरूआती लक्षण केही निम्न प्रकारका हुन्छन्–
विद्यालय नजाने भनेर लगातार जिद्दी गर्नु
साथी बनाउन असफल हुनु
खाना खान मन नगर्नु
सधै आफूलाई तल्लो स्तरको सम्झिनु
हरेक कुरा अस्वीकार गर्नु
पेनिक अट्याक आउनु
डा. ब्रुटाका अनुसार यदि बच्चा धेरै रिसाएर बस्छ र सधै भनिएका कुराभन्दा ठिक विपरितको काम गर्छ भने यो पनि डिप्रेशनको एउटा प्रकार हो । मानिस प्रापः जसो उत्तेजित बच्चालाई डिप्रेस्ड मान्दैनन्, तर यस्तो हुँदैन् ।
डा. ब्रुटा भन्छिन्, “यस्ता बच्चामा ओपोजिशनल डिसअर्डर हुन्छ । यो पनि चाइल्डहुड डिप्रेशनको एक प्रकार हो ।’’
डिप्रेशनका कारणहरु
ब्रिटेनको हेल्थ बेवसाइट एनएचएस च्वाइस अनुसार बालबालिकामा डिप्रेशनका कयौं कारणहरु हुन सक्छन् ।
परिवारिक कलह
विद्यालयमा हुने कुटपिट
शारीरिक, मानसिक अथवा यौन शोषण
अथवा परिवारमा पहिले नै कसैमा डिप्रेशनको समस्या हुनु ।
डिप्रेशनको उपचार
डा. ब्रुटा भन्छिन्, “बच्चमा डिप्रेशनको उपचार ठूला मानिसहरु जस्तै गरिन्छ । तर बच्चाको मानसिकतालाई बढी सम्झिन आवश्यक हुन्छ ।’’ डिप्रेशनको प्रकार अनुसार त्यसको उपचार निर्भर हुन्छ ।
यदि बच्चा ‘माइल्ड चाइल्डहुड डिप्रेशन’ को शिकार हो भने कुराकानी र थेरापीबाट उपचार सम्भव हुन्छ । ‘माइल्ड चाइल्डहुड डिप्रेशन’ मा औषधी र काउन्सिलिङ दुवैको आवश्यकता पर्दछ ।
सामान्यतः यस्ता मानिसहरुलाई एन्टी डिप्रेसेन्ट ट्याबलेट खाने सल्लाह दिइन्छ । तर यो औषधीले डिप्रेशनका केही लक्षणहरुमा काम गरे पनि पूर्णरुपले काम गर्दैन । यही कारण अन्य उपचारहरु सँगसँगै यसको प्रयोग हुने गर्दछ ।
https://www.bbc.com/hindi/india-44110248