site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हिउँकै कारण दुवै खुट्टा गुमाएका व्यक्तिले गरे सगरमाथा आरोहण 
Ghorahi CementGhorahi Cement

बीबीसी । ४० वर्ष अगाडि सगरमाथा आरोहण गर्ने क्रममा हिउँका कारण दुवै खुट्टा गुमाएका ६७ वर्षीय चिनियाँ पदयात्री अहिले सफलतापूर्वक शिखरसम्म पुगेका छन् । वास्तवमा १९७५ मा पहिलोपटक सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा स्या बोयुले सँगै यात्रामा गएका साथीलाई आफ्नो स्लीपिङ ब्याग दिएपछि हिम पहिरोका कारण दुवै खुट्टा गुमाएका थिए । 

यससँगै अहिले उनी दुवै खुट्टा नभएका दोस्रा सफल सगरमाथा आरोही बनेका छन् । उनी भन्दा अगाडि सन् २००६ मा न्युजिल्यान्डका मार्क इन्ग्लीसले प्रोस्थेटिकको मद्दतले सगरमाथासम्म पुगेर पहिलो रेकर्ड राखेका थिए । १९७५ मा पहिलोपटक आरोहण गर्दाको समयमा स्या ८ हजार मिटर माथि आफ्ना साथीहरुसँग तीन रात सम्म हिउँ नै हिउँका बीचमा फसेका थिए । त्यतिबेला उनी शिखरबाट ८४८ मिटर मात्र टाढा भएपनि उचाइसम्म पुग्न सकेका थिएनन् । यसैका कारणले उनलाई लिम्फोमा भएपछि १९९६ मा उनले घु्ँडा भन्दा माथिसम्म दुवै खुट्टा काट्नु परेको थियो ।

Agni Group

तर आरोहणकै क्रममा यसरी गम्भीर घाइते भएपनि उनले शिखरसम्म पुग्ने आफ्नो लक्ष्य भने कहिल्यै त्याग गरेनन् । एएफपी समाचार एजेन्सीसँग उनले २०१४ मा भनेका थिए, ‘मलाई थाहा छ यसमा थुप्रै व्यक्तिगत चुनौति छ तरपनि सगरमाथा आरोहण गर्नु मेरो सपना हो ।’ यस भनाइपछि उनले २०१४, २०१५ र १६ मा समेत निरन्तर आरोहणको प्रयास गरेका थिए । तर शिखरसम्मको यात्रा तय गर्नैलाग्दा २०१६ मा उनीसामु अर्को बाधा आइलागेको थियो ।

गत वर्ष नेपाल सरकारले दुवै खुट्टा नभएका, आँखा नदेख्ने र एक्लै आरोहण गर्ने सगरमाथा अरोहीमाथि प्रतिबन्ध लगाएपछि स्या निकै निराश भएका थिए । तर सुरक्षाको हिसाबले प्रस्ताव गरिएको सो कानून पारित हुन नसकेपछि सोमबार शेर्पाहरुको सहायतामा स्याले शिखरसम्म पुग्ने आफ्नो सपना साकार पारेका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC