site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लागोस । नाइजेरियाको उत्तरपश्चिमी जाम्फारा राज्यमा लुटेराको एक सशस्त्र समूहले सोमबार राति गरेको आक्रमणमा कम्तीमा १४ जना सर्वसाधारण मारिएका छन् । उक्त घटनामा अन्य दर्जनौँ मानिस घाइते भएका स्थानीय अधिकारीले सोमबार बताएका छन् । 

लुटेराको समूहले मारू ग्रामीण क्षेत्रको दानमनी र काबारो समुदायमा उक्त आतङ्ककारी हमला गरी गाउँलेहरूको सम्पत्तिसमेत लुटेर लगेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय प्रहरी सालिसु दाङगुल्बीले दिएको जानकारीअनुसार लुटेराको सशस्त्र समूह गाउँमा पसेर अन्धाधुन्ध गोली चलाउन थालेपछि कतिपय गाउँलेहरू ज्यान जोगाउन भागेका थिए । 

“आक्रमण भएको स्थानमा सेनासहित प्रहरी पुगेको र अहिले घटनास्थल सामान्य अवस्थामा आएको छ”, गुसाउमा सोमबार बिहान गरिएको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मोहम्मद सेहेहुले भने ।  

Global Ime bank

सो क्षेत्रमा यसअघि पनि गत महिना यस्तै हतियारधारीको समूहले गरेको आक्रमणमा परी ३० जना निर्दोष गाउँले मारिएको पनि प्रहरी प्रमुखले जानकारी दिए ।  रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०७५  ०३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC