site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
करिष्मालाई शिव श्रेष्ठले दिए ‘सरप्राइज’–छोरी कवितालाई चलचित्र
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायिका करिष्मा मानन्धरले आफ्नी छोरी कविता  आफूले थाहै नपाई चलचित्रमा डेब्यु गरेको बताएकी छन् । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को मंगलबार टिजर सार्वजनिक कार्यक्रममा उनले छोरीलाई आफ्नो ब्यानरबाट चलचित्रमा डेब्यू गराउने तयारी गरे पनि उनी त्यस अगाडि अर्कै चलचित्रमा अनुबन्द्ध भएको बताइन् । 

यो अबसर जुराइदिएका हुन् नायक शिव श्रेष्ठले । शिव श्रेठको प्रस्तुती चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत करिष्माकी छोरी कविता मानन्धरले डेब्यु गर्न लागेकी हुन् । करिश्माले आफ्नो एसईई सकिएपछि छोरीलाई अभिनयमा प्रवेश गराउने बताउँदै आएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“यो खुसी व्यक्त गर्ने मसँग कुनै शब्द छैन । म आफ्नै ब्यानरबाट कवितालाई लञ्च गर्ने तयारीमा थिएँ तर शिव दाईले उछिन्नु भयो,” करिष्माले भनिन् । 

गत वर्ष नेपाल आएकी कविता त्यस अघि अध्ययनका लागि अमेरिकामा बस्दै आएकी थिइन् । गएको वर्षदेखि भने उनी नेपालमा नै छिन् । 

Global Ime bank

कविता मानन्धरसँगै नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले यही चलचित्रबाट डेब्यु गर्दैछन् । टिजरमा भने यी दुवैलाई देखाइएको छैन । दिपेश सापकोटाले निर्देशन गरेको ‘एउटा यस्तो प्रेम कहानी’ मा शक्ति र कविताको जोडी बाँधिएको छ ।

चलचित्रमा आयुष्मान देशराज जोशी, संजोग राणा, प्रियंका कार्की, वर्षा राउत, शिव श्रेष्ठ, नरेन खड्का, बिष्णु चेम्जोङ, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मालगायतका कलाकारको अभिनय छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC