site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
बक्स अफिस लागु गर्न सबै पक्ष सहमत, नमान्ने हल बन्द हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले बक्सअफिस प्रणालीमा नजाने सिनेमा हल बन्द गर्ने जनाएको छ । आगामी साउन १ गतेबाट बक्स अफिसमा जाने सम्पूर्ण तयारी भइसकेको बताइएको छ । 
“सरकारको आग्रह र निर्देशन नमान्ने सिनेमा हलहरुलाई कानुनअनुसार कारबाही हुन्छ,” चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल भन्छिन्, “सरकारको निर्देशन नमान्ने सिनेमा हललाई हुने कानुनी कारबाही भनेको बन्द हुन्छन् भन्ने हो ।”

चलचित्र विकास बोर्ड सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको सरकारी निकाय हो । बक्स अफिस प्रणाली लागु गर्नका लागि बोर्डलाई सञ्चार मन्त्रालयले सहयोग गरेको छ । 

केही सिनेमा हल सञ्चालकहरुले बक्स अफिस प्रणाली लागु गर्न असहयोग गरिरहेको भन्दै पौडेलले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइसकेको बताइन् । “बक्स अफिस प्रणाली लागु गर्न नमान्ने हलहरुलाई सरकारका तर्फबाट सीडीओ कार्यालय जाँदैछ,” अध्यक्ष पौडेलले भनिन्, “अटेर गर्ने हलहरुलाई सीडीओ कार्यालयले कारबाही गर्छ । दर्ता खारेज हुन्छ ।” 

Prabhu Bank
Agni Group
NIC Asia

बक्स अफिस प्रणाली करसँग पनि जोडिएकाले राजस्व कार्यालयले पनि सहयोग गर्ने बोर्ड बताउँछ । “राजस्व कार्यालयले सिनेमा हलहरुसँग एपीआई फम्र्याट (एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस) मागिसकेको छ,” बोर्ड अध्यक्ष पौडेलले जानकारी दिइन् । 

यसअघि पनि बक्स अफिस लागु गर्ने भनिए पनि सिनेमा हल सञ्चालकहरुले नमानेपछि सरकार पछि हटेको थियो । अब भने त्यस्तो अवस्था नरहेको पौडेल बताउँछिन् । “अहिले सजिलो भएको छ । सबै निर्माता, निर्देशक, वितरक, कालाकार तथा सबै चलचित्रकर्मीको साथ रहेको छ,” उनी भन्छिन्, “मलाई सरकारबाट पूरा साथ र सहयोग छ । साउन १ गते काठमाडौं उपत्यकाभित्र बक्स अफिस लाग्छ नै ।”

Global Ime bank

२०७१ मा पनि लागु गर्ने तयारी थियो
२०७१ सालमा चलचित्र विकास बोर्डको रोहबरमा निर्माता संघ र चलचित्र संघबीच बक्स अफिस लागु गर्ने औपचारिक सहमति भए पनि लागु भएन । लामो बहसपछि ०७१ साउन १ गतेबाट बक्स अफिस सुरु गर्न निर्माता संघ र चलचित्र संघ सहमत पनि भएका थिए । पहिलो चरणमा उपत्यकाका २५ हलमा र एक वर्षभित्र सबैमा लागु गर्ने सहमति भएको थियो । प्राविधिकसहितको कार्यदल पनि गठन भएको थियो । तर, कार्यान्वयनमा जान सकेन । 

भर्खरै नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघबीच रोयल्टी बाँडफाँड सम्बन्धमा भएको १८ बुँदे सहमतिमा पनि दुई पक्षले बक्स अफिस लगाउन दुवै संघको पूर्ण प्रतिबद्धता रहने बताएका छन् । सहमतिको १३ नम्बर बुँदामा भनिएको छ, ‘बक्स अफिस लगाउने सम्बन्धमा दुबै संघको पूर्ण प्रतिबद्धता रहेको छ ।’

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले साउन १ गतेबाट बक्स अफिस लागु हुने बताए । “काठमाडौं उपत्यकामा साउन १ गतेबाट र उपत्यका बाहिर माघबाट बक्स अफिस लगाउने सहमति भएको छ,” अध्यक्ष अधिकारीले भने, “विश्वले स्वीकार गरेको प्रणाली हामीले पनि लगाउनु पर्छ । यसलाई लगाउनुको विकल्प छैन ।” 

चलचित्र निर्माता संघ चलचित्र निर्माताहरुको प्रतिनिधित्व गर्ने संगठन हो भने चलचित्र संघ सिनेमा हल सञ्चालकहरु आबद्ध रहेको संगठन हो । 

केही हलहरुले चलचित्र विकास बोर्डले तीनपटक परिपत्र गर्दा पनि बक्स अफिस प्रणालीका लागि सिस्टम जडान नगरेको भने पनि त्यसमा सत्यता नरहेको चलचित्र निर्माता तथा बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जन बताउँछन् । 

“संघले नै निर्णय गरेपछि त्यसको विरुद्धमा कोही पनि जान सक्तैन । अधिकांशले सिस्टममा जानका लागि हार्डवेयर जडान गरिसकेका छन् । केहीले किनेर लगेपनि जडान गर्न बाँकी छ,” संयोजक महर्जनले भने, “हामी केही हप्ता आन्दोलनमा रहेकाले पनि जडान गर्न ढिलो भएको हो । जसले जडान गरेका छैनन्, उनीहरुले पनि चाँडै गर्नुहुन्छ । अब हाम्रो पक्षबाट अबरोध आउँदैन ।” 

के हो बक्स अफिस ?
बक्स अफिस चलचित्रको वास्तविक कमाइको विवरण देखाउने प्रणाली हो । यो प्रणाली जडान भएपछि कुन हलमा कति टिकट बिक्री भयो आधिकारिक तथ्यांक लिन सकिन्छ । 
कुन हलमा कतिको टिकट बिक्री भयो भन्ने अनलाइनमा नै देखाउने भएकाले यसमा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन सक्तैनन् । प्रत्येक शोको पूर्ण विवरण निर्माता तथा वितरकले घरमै बसेर थाहा पाउन सक्छन् । चलचित्र विकास बोर्डमा एउटा केन्द्रीय सर्भर राखिने र त्यसमा देशभरका हलहरुको ई–टिकेटिङको सर्भर राखिने छ । बोर्डमा राखिएको सर्भरमा सबै हलमा काटिएको टिकटको संख्या र उठेको ग्रस कलेक्सन देखाउने छ । 

के गर्नुपर्छ बक्स अफिस लागु गर्न ?
‘बक्स अफिस’ लागु गर्न हलहरूले अनिवार्य ‘ई–टिकट’ प्रणाली लागु गर्नुपर्छ । पछिल्लो समय निर्माण गरिएका र ‘अपडेटेड’ हलहरुमा यो प्रणाली लागु गरिए पनि पुराना हलमा भने ‘ई–टिकेटिङ’ को व्यवस्था छैन ।

यसका लागि सुरुमा चलचित्र विकास बोर्डले केही सहयोग गर्ने बताउँदै आएको छ । केही समय अगाडि विकास बोर्डसँग रहेको तथ्यांक अनुसार नेपालभर ३६७ सिनेमा हल दर्ता भएकामा करिब ५० प्रतिशत बन्द छन् । ३६७ हलमध्ये १८३ वटा हल सञ्चालनमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC