site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
1DG_jzMp2vM
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले छिमेकी मुलुकका बारेमा साझा दृष्टिकोण बनाएर मात्रै नेपालले लाभ लिन सक्ने बताएका छन् । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै थापाले राष्ट्रियतालाई सधैं भोटको विषय नबनाएर छिमेकी मुलुकसँगको सम्बन्धका बारेमा साझा दृष्टिकोण बनाउने समय आएको बताए । 

‘‘बेला आयो, यसलाई चुनावको विषय नबनाऊँ । यसलाई सधैं घरभित्रको भोटको विषय नबनाऊँ,’’ उनले भने, ‘‘भारत र चीनसँगको सम्बन्धका बारेमा एउटा साझा दृष्टिकोण बनाऊँ । सरकारमा रहे पनि, प्रतिपक्षमा रहे पनि एक ढिक्का बनौं । बल्ल नेपालले तीर्थयात्रा अथवा मित्र यात्राबाट लाभ लिन सक्छ ।’’

संसदमा झण्डै ६ मिनेट बोलेका थापाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समयमा प्रधानमन्त्री केपी ओलीले गरेका राष्ट्रवादका कुरा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण स्मरण गर्दै प्रश्न गरे, ‘‘आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’’

Prabhu Bank
Agni Group
NIC Asia

तत्कालिन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल र शेरबहादुर देउवाको भारत भ्रमणका बेला ओलीले नेकपा एमालेको अध्यक्षका हैसियतमा गरेको टिप्पणी स्मरण गर्दै उनले थपे, ‘‘यसअघिका दुई प्रधानमन्त्रीले भारतका प्रधानमन्त्रीसँग कुरा गर्नुभयो– पुष्पकमल दाहालले र शेरबहादुर देउवाले । तर हिजो त्यही कुराकानी गर्दै गर्दा कसैलाई सिंगडा बेच्न गएको भनियो, कसैलाई घुँडा टेक्न गएको भनेर भनियो । आफूले गर्दा पुण्य, अरुले गर्दा पाप ?’’

नेपाली कांग्रेसका तत्कालिन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको अडानका कारण भारतले नेपालमाथि नाकाबन्दी गरेको उनको भनाइ थियो । ‘‘सुशील कोइरालाको अडानका बीचमा संविधान आयो । त्यही अडानका कारण नाकाबन्दी लगाइयो । त्यही सुशीललाई लम्पसारवादी भन्ने आज नेपालभित्र भारतको सेना किन आयो ?’’ उनले प्रश्न गरे ।
थापाले अरु पार्टीका नेताहरुले प्रधानमन्त्रीका हैसियतमा भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्दा घुँडा टेक्दा घाउ भयो भन्ने ओलीको अहिले घुँडामा भ्वाङ परेको टिप्पणी गरे ।  

Global Ime bank

‘‘जिम्मा लिएर भन्नुभएको छ, अब भारतले कहिल्यै पनि नाकाबन्दी गर्दैन भनेर । हिजो भारतसँग कुराकानीमात्र गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो,’’ थापाले ओलीले विगतमा भनेका कुरा स्मरण गर्दै भने, ‘‘हिजो भारतको जिम्मा लिएर संसदको रोष्टममा बोल्ने प्रधानमन्त्रीको घुँडामा भ्वाङ्ग पर्यो कि परेन ?’’ 

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु रावतले भारतीय प्रधानमन्त्री मोदीसामु आफूमाथि विभेद भएको भनेर दिएको अभिव्यक्तिको थापाले कडा निन्दा गरे । ‘‘पाकिस्तानको प्रधानमन्त्री भारतको कुनै राज्यको भ्रमणमा जाँदा त्यहाँको मुख्यमन्त्रीले उभिएर मुसलमानमाथि विभेद भयो भनेर कहिल्यै भन्दैनन्, कसैले सोच्दापनि सोच्दैनन् । त्यसैले यो कृत्य निन्दनीय छ,’’ उनले भने ।  

परराष्ट्रनीतिका बारेमा २ नम्बरका मुख्यमन्त्रीलाई नभएर परराष्ट्रमन्त्रीलाई तालिमको आवश्यकता रहेको उनको भनाइ थियो ।  

‘‘नाकाबन्दीका बेला एमालेका युवा भारतीय दूतावासका अगाडि प्रदर्शन गर्न पाउने, तर आज कसैले आफ्नो पार्टी कार्यालयमा ब्यानर राख्न नपाउने ? कोही पत्रकारले प्रवेश गर्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारवाद हो ? यो कस्तो चाकडी हो ? यो सरकारको कस्तो व्यवहार हो आफ्ना नागरिकप्रति ?’’ 

हिजो अरुलाई कुरीकुरी गरेर हिँडेका ओली आज आफू नांगै हिडेको उनको टिप्पणी थियो । ‘‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नांगै हिँड्नुभएको कुरा हामीले देखाउनु परेको छ,’’ थापाले टिप्पणी गरे ।  

 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०७५  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC