site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ओलीको भारत भ्रमणपछि झस्किएको माओवादी मोदीको नेपाल भ्रमणपछि झनै सशंकित !
Ghorahi CementGhorahi Cement

काठमाडौं । "नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीजीले एउटा कुरा हेक्का नपुर्‍याउनुभएकै हो,"माओवादी केन्द्रका नेता नारायण दाहालले बाह्रखरीसँग गरेको कुराकानी हो यो, "पार्टी एकता दुई धारको बीचमा हुँदैछ । रणनीतिक हिसाबले अलि महत्वको छ, पार्टी एकताले रणनीतिक महत्व राख्ने विषय भएकाले अलग-अलग पाटोबाट आएका नेता कार्यकर्तालाई एउटा पार्टी बनाएर जाने कुरामा एउटै पार्टी चलाएझैं गरेर अथवा सबै एमाले नै हुन् भनेर बेलाबेलामा प्रधानमन्त्रीको पदमा बसिसकेपछि, पार्टी एकता संयोजन समितिको नेता भइसकेपछि पनि उहाँले हेक्का राखिदिनुहुन्न । जसले गर्दा एकतामा आशंका पैदा भइराखेको छ । उहाँको अभिव्यक्तिहरु एमालेभित्रै त ठिकै होला तर, पार्टी एकताको सन्दर्भका पनि एमालेकै अध्यक्ष भएर बोल्दिँदा अप्ठेरो भएको छ ।"

दाहाल त्यतिमै अडिएनन्, "पार्टी एकता जसरी एउटा बिन्दुमा पुगेर रोकियो । यसमा केही अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरु खेलेका छन् । सामूहिक रुपमा शक्ति केन्द्रलाई जसरी परास्त गर्नुपर्थ्यो त्यसो हुन सकेन । ओलीजी प्रधानमन्त्री भएपनि कसैले उहाँलाई भ्रम छरेका छन् कि भन्ने हामीलाई शंका छ ।"

नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले गति लिन नसकेपछि दुवै पार्टीका नेताहरु अहिले आरोप प्रत्यारोपमा उत्रिएका छन् । तर शीर्ष नेताहरूबीच भने बाहिर एकतामा वाधा पुग्नेगरी अभिव्यक्ति नदिने सहमति भएको छ ।
त्यसैले एकतामा वाधा पुग्नेगरी दुवै नेताको अभिव्यक्ति सार्वजनिक भएको छैन ।

Agni Group

एकता हुन नसकेको दोष एक्लै बोक्नुपर्ने हुन सक्छ भन्ने शंकाले शीर्ष नेताको धारणा सार्वजनिक नभएको माओवादीका एक नेता बताउँछन् ।

केन्द्रीय कमिटीको भागबन्डा, चुनाव चिन्ह, जनयुद्ध, एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलो-पालोको विषयमा कुनै ठोस सहमति अहिलेसम्म जुट्न सकेका छैनन् । पार्टी एकता संयोजन समितिले एकताको सम्पूर्ण जिम्मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिए पनि पटक-पटकको वार्ता निष्कर्षविहिन हुँदै आएका छन् ।

Global Ime bank

एमालेले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताको लागि प्रधानमन्त्री आलोपालो र एकीकृत पार्टीको अध्यक्ष लिखित रुपमा खोजेको कारण एकता प्रक्रिया रोकिएको बताएको छ भने माओवादी केन्द्रले आफूहरुलाई विलय गराउन खोजेको र एकलौटी तरिकाले एमाले जान खोजेको आरोप लगाएको छ ।

बोले बिग्रने अवस्था

पार्टी एकताको काम अपेक्षकृत रुपमा अघि नबढेपछि केहिदिनया माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राजनीतिक विषयमा बोल्न बन्द नै गरेका छन् । जुन कार्यक्रमको त्यही कार्यक्रमसँग सम्बन्धित भएर मात्र उनले आफ्नो धारणा राखेका छन् ।
माओवादी केन्द्रले पार्टी एकताको सम्बन्धमा कुनै पनि अभिव्यक्ति सार्वजनिक नगर्न आफ्नो नेताहरुलाई सुझाव समेत दिएको छ । "पार्टी एकताको सम्बन्धमा कुनै पनि कुरा नबोल्ने सहमति भएको छ,"माओवादी स्रोतले भन्यो, "यस्तो बेलामा बोलेका शब्दहरुले नराम्रो सन्देश जानसक्छ । त्यसको दोष माओवादी केन्द्रलाई हुन सक्छ । यदी एमालेसँग एकता भएन भने त्यसको दोष माओवादी केन्द्रले लिन चाहँदैन । त्यसैले नेताहरुलाई कुनै पनि कुरा नबोल्न नेतृत्वबाट आग्रह छ ।"

जनयुद्धलाई तोड मोड गर्न चाहँदैन माओवादी 
माओवादी केन्द्रले पार्टी एकता अगाडि नै एकीकृत पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने अडानमा छ । तर, एमाले जनताको बहुदलीय जनवाद र माओवादीको जनयुद्ध महाधिवेशनमा टुङ्याउन चाहन्छ । माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत पार्टी एकता हुनुभन्दा अगाडि नै विधानमा जनयुद्ध शब्द राख्नुपर्ने बताउँछन् । "एमालेले अहिलेसम्म नेपालमा भएका परिवर्तन माओवादी जनयुद्धले ल्याएको हो । त्यसलाई तोडमोड गर्न खोजिँदैछ । माओवादी जनयुद्धले ल्याएका सम्पूर्ण परिवर्तन एकता अगाडि नै सुनिश्चित हुनपर्छ भन्ने हाम्रो माग हो,"बस्नेतले भने ।

ओलीको भारत भ्रमणले एमालेमा दम्भ पलायो

नेकपा माओवादी केन्द्रले पार्टी एकताले गति लिन नसक्नुको प्रमुख कारण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई नै देखाएको छ । उसले ओलीको भारत भ्रमणपछि एमालेमा दभ्भ पाएको पनि निष्कर्ष यस अघि नै निकालेको थियो । तर भारतीय प्रधानमन्त्री मोदीको दुइदिने नेपाल भ्रमणपछि यसमा थप टेवा पुगेको माओवादीका केही नेताको निष्कर्ष छ ।

अरूण तेस्रो शिलान्यासका क्रममा विभागीय मन्त्री वर्षमान पुनलार्इ नै नबोलाइएपछि माओवादीका केही नेताले एकता प्रकृयासँग जोडेर हेरेका छन् । तर एक नेताका अनुसार मोदीको भ्रमणपछि पार्टीका शीर्ष नेताको बैठक बसेको छैन ।
मोदीले एमाले र मधेसवादी दललार्इ बढि महत्व दिएको ती नेताको भनाइ छ । 

माओवादीका अध्यक्ष दाहाल बाहेक कोही पनि नेतासँग मोदीको भेट हुन सकेन । वरिष्ठ मन्त्रीहरू पनि दाहालसँगै मोदीलार्इ भेट्न गएनन् । त्यसमाथी विभागीय मन्त्रीलार्इ नै खबर नगरी अरूण तेस्रोको शिलान्यास भएको छ । 
ओलीको भारत भ्रमणपछि पार्टी एकतामा खटपट आएको माओवादी केन्द्रका नेता मणि थापाले बताए । 

"ओलीको भारत भ्रमणपछि पार्टी एकतामा खटपट आएको हो । पहिला सहमति भएका विषयहरु अहिले कार्यान्वयन गर्न ओलीले कन्जुस्याइँ गर्नुभएको छ । भारतसँग एमालेको सम्बन्ध राम्रो भएपछि दम्भ बढ्यो । माओवादीलाई जे पनि गर्न सकिन्छ भन्ने एमालेलाई भएको छ ।पार्टी एकताको लागि एमाले लिवरल हुनुपर्थ्यो भएन । एमालेले सरकारको नीति तथा कार्यक्रमहरुमा पनि बाइपास गर्न खोजेको छ । छलफल बहस गरेर जानुपर्ने कुरामा भएन । मेजर कुरा काम गर्ने एमाले तरिका एकलौटी भयो ।"

"ओलीको राष्ट्रवाद के थियो । प्रष्ट भयो, हामीले राष्ट्रवाद बचाउनुपर्छ भनेर एमालेसँग एकता गर्न खोजेको हो नि," नेता थापाले प्रश्न गरे, "वामपन्थी मिलेर मुलुकलाई भारतको पोल्टामा हाल्ने हो र ? के को लागि पार्टी एकता ?"
उनले एमाले र माओवादीबीचको पार्टी एकता 'होल्ड' भएर बसेको बताए ।

माओवादी स्रोतका अनुसार अब एमालेसँगको एकता कसरी अघि बढ्छ भन्ने छिट्टै टुंगो लाग्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC