site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मोदीको नागरिक अभिनन्दनमा निजी सञ्चार माध्यमका पत्रकारलाई प्रवेशमा रोक
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दन कार्यक्रममा नेपाली पत्रकारलाई रोक लगाइएको छ । 

काठमाडौं महानगरपालिकाले मोदीलाई दिउसो राष्ट्रियसभा गृहमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रमको तस्बिर खिच्न तथा समाचार संकलनका लागि राष्ट्रियसभा गृह पुगेका पत्रकारलाई गेटमै रोकेपछि पत्रकारहरुले बिरोध गर्दै क्यामेरा तथा पेन डाउन गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भारतीय सञ्चार माध्यमलाई भने कार्यक्रमस्थल प्रवेशमा रोक लगाइएको छैन । 
यसैबीच नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल पनि आईपीएलमा जोडिएको भन्दै नेपाल र भारतका जनता जनताबीचको सम्बन्ध बलियो हुँदै गएको बताएका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “मेरोमात्रै होइन पुरै भारतको सम्मान हो । सवा सय करोड भारत कृतज्ञ छन्,” मोदीले सम्बोधनको क्रममा भने ।
उनले आफू नेपाल आउँदा शान्तिको अनुभूति हुने पनि बताए ।
“म राजनीतिमा नहुँदा पनि नेपाल आउँदा शान्तिको अनुभूति हुन्छ,” मोदीले भने, “म कार्यक्रम बनाएर लुम्बिनी अवश्य जानेछु ।”
“सन्दीप लामिछाने आइपीएलमा भाग लिएका छन्,” उनले भने, “आइपीएलमा नेपाल पनि जोडिएको छ । क्रिकेट मात्रै होइन अन्य खेलबाट पनि जनता जनताबीचको सम्बन्ध मजबुद हुनेछ ।”
\"\"

\"\"

Global Ime bank

\"\"

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  १५:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC