site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, आजै राजनीतिक भेटवार्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको दुईदिने धार्मिक भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । भारतबाट एयर इन्डियाको विशेष विमानमार्फत जनकपुर आइपुगेका मोदी केहीबेरअघि मात्रै काठमाडौं आइपुगेका हुन् ।
जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए । काठमाडाैंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । भारतीय प्रधानमन्त्रीलाई आजै सरकारले गार्ड अफ अनरद्वारा सम्मान व्यक्त गर्दैछ । त्यसपछि मोदीले उपराष्ट्रपति नन्दबहादुर पुन र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन् ।
बेलुका उनले बत्तिसपुतलीमा रहेको होटल द्वारिकामा प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्दैछन् । अरुण तेस्रोको शिलन्यास पनि गर्ने तयारी छ ।

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीले स्वीच थिचेर यसको शिलन्यास गर्ने तयारी छ । यसअघि जनकपुरमा सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध त्रेतायुगदेखिको भएको बताएका थिए ।
नेपालले संविधान जारी गरेपछि त्यसमा रहेका प्रावधानहरुप्रति असन्तुष्टि व्यक्त गर्दै भारतले नेपालमाथी नाकाबन्दी लगाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नाकाबन्दीपछि पहिलोपल्ट नेपाल आएका मोदीले त्यसबारेमा आफ्नो धारणा राख्ने अपेक्षा गरिएको थियो तर उनले आफ्नो सम्बोधनका क्रममा नेपाल र भारतबीचको सम्बन्ध कसैले पनि भत्काउन नसक्ने खालको बताए पनि नाकाबन्दीका बारेमा भने केही पनि बोलेनन् ।
“अगष्ट २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रुपमा नेपाल आएको थिएँ,” मोदीले आफ्नो सम्बोधन सुरु गर्दै भनेका थिए, “संविधानसभामा पनि मैले भनेको थिएँ म जनकपुर आउँछु । तर आउन ढिला भएकोमा क्षमा माग्छु । भद्रकाली एकादशीका दिन मलाई सीतामाताले दर्शन दिनुभएको छ ।”

उनले आफू राजा जनकको राजधानी सीताको पवित्र भूमिमा आउने पहिलेदेखिकै इच्छा रहेको बताए । जानकी मन्दिरमा दर्शन गरेर मनोकामना पूरा गरेर जिवनमा धन्य भएको समेत उनले बताए ।
हिन्दीमा सम्बोधन गरेका मोदीले नेपाली भाषामा भने, “मेरो यसपटकको नेपाल भ्रमण प्रधानमन्त्रीको रुपमा र एउटा तिर्थ यात्रीको रुपमा रहनेछ  ।” उनले नेपाल र भारतबीचको मित्रता आजको होइन त्रेता युगको भएको बताएका थिए ।
“राजा जनकले अयोध्या र जनकपुर होइन भारत र नेपालालई बन्धनमा बाँधेका छन्,” मोदीले सम्बोधनका क्रममा भने, “यो राम सीताको बन्धन हो । रामेश्वर देखि पशुपति र लुम्बिनीदेखि बोधगयाको बन्धन हो ।” उनले यही बन्धनले आफूलाई जनकपुर ल्याएको बताएका थिए ।
उनले नेपाल र भारतको दुःख र सुख, आकांक्षा, सपना र संकल्प, मन र मन्दिर सबै एकै भएको बताएका थिए ।  “नेपालविना भारतको आस्था पनि अधुरो छ, नेपालविना भारतको इतिहास अधुरो हुन्छ,” उनले भने । 
\"\"

Global Ime bank

\"\"

\"\"

\"\"

\"\"

\"\"

तस्बिर सरिता खड्का 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०७५  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC