site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

बनियानी, झापा (रासस) । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ ।
बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा मागेर गुजारा गर्दै आएका थिए ।
शव परीक्षणका लागि मेची अञ्चल अस्पताल पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

घाँस काट्दा हात छिनियो
यसैगरी, सोमबार घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
यस्तै, शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ । घाइते राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०७५  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC