site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा निर्वाचन सकियो, उपाध्यक्षका उमेदवार चन्दले मतदान गरेनन्
Sarbottam CementSarbottam Cement

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिका लागि शनिबार निर्वाचन सम्पन्न भएको छ । एन्फाको १६ औं साधारणसभाबाट आज नयाँ नेतृत्व चयन हुँदैछ । 

एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न भएको साधारणसभाको युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गरेका थिए । निर्वाचनमा जिल्ला खेलकुद संघ, क्लब तथा समितिका गरी ७७ जना मतदाता रहेकोमा ७६ जनाले मतदान गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कञ्चनपुर फुटबल संघका अध्यक्ष तथा उपाध्यक्षका उमेदवार गणेश चन्दले भने मतदान गरेनन् । अध्यक्ष पदमा दुई, उपाध्यक्षका लागि नौ र सदस्यका निम्ति २९ जना निर्वाचनको मैदानमा होमिएका छन् । महिला सदस्यमा भने पेमा लामा निर्विरोध निर्वाचित भइसकेकी छन् । 

अध्यक्षका लागि कर्माछिरिङ लामा र मणि कुँवरले उमेदवारी मनोनयन गरेका थिए । कुँवरले भने निर्वाचन विधानसम्मत् नभएको भन्दै बहिष्कार गरेका छन् । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २२, २०७५  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC