site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
ट्वीटरको पासवर्ड फेर्नुभयो ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं ।  सामाजिक सञ्जालमा समाचार र विचारका लागि सबैभन्दा लोकप्रिय ट्वीटरले आफ्ना उपभोक्ताको पासवर्ड सहजै देखिने (ईनक्रिप्ट नभएको) अवस्थामा देखिएको हुनाले परिवर्तन गर्नका लागि आह्वान गरेको छ ।

संसार भरीका ३३ करोड ६० लाख उपयोगकर्ता भएको ट्वीटरले सुरक्षाको जाँच गर्दा धेरै प्रयोगकर्ताको पासवर्ड सहजै देख्न सकिने अवस्थामा रहेकाले कम्पनीले नै पासवर्ड परिवर्तन गर्नका लागि आह्वान गरेको हो ।
यदि पासवर्ड परिवर्तनका लागि ट्वीटरले पासवर्ड परिवर्तनको पेज नपठाएको भएता पनि सबैलाई आफ्नो पासवर्ड परिवर्तन गरेर सुरक्षित हुन पनि आह्वान गरेको छ ।
ट्वीटरमा पासवर्ड परिवर्तनको पेज आफै खुलेन भनेपनि ट्वीटरमा देखिने आफ्नो फोटोमा क्लिक गरेर ‘सेटिङ्ग तथा प्राईभेसी’ मा जाने, त्यहाँ पासवर्ड परिवर्तन गर्नका लागि अप्सन दिइएको हुन्छ । सो स्थानमा क्लिक गरेपछि पुरानो पासवर्ड माग्छ र नयाँ परिवर्तन गर्न मौका दिन्छ । पासवर्ड बनाउँदा सकभर कसैले पनि अनुमान गर्न नसकिने तथा अंक र अक्षर दुवै मिलाएर बनाउनुपर्ने विज्ञहरू बताउँछन् ।

ट्वीटरको पासवर्ड फेर्न अनुरोध नआएको अवस्थामा पनि सो सामाजिक सञ्जाल तथा अन्य सामाजिक सञ्जाल र ईमेलको पासवर्ड उही वा उस्तै राख्नु खतरनाक देखिएको छ । आफ्नो पासवर्ड सबै लुकेको (ईनक्रिप्टेड) हुन्छ भनेर सोच्न नहुने अवस्था ट्वीटरको नयाँ समस्याले देखिएको छ । पासवर्डसँगै सुरक्षार्थ फोन नंबरमा कोड नम्बर आउने व्यवस्था गर्दा आफ्नो अकाउण्ट अझ सुरक्षित हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC