site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

भोजपुर, रासस । भोजपुरमा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माण कार्यमा ढिलासुस्ती भएको छ । 

भूकम्प गएको तीन वर्ष पुगिसक्दा पनि पीडितले अनुदानस्वरुप पाउने भनिएको सबै रकम नपाएपछि पुनःनिर्माण कार्यमा ढिलाइ भएको हो । पहिलो किस्ताबापतको रु ५० हजार रकम पाइसकेका पीडितकोे घरको कति काम भएको छ भनी इञ्जिनियरले शहरी विकासलाई गरेको सिफारिसका आधारमा दोस्रो किस्ता लिन पाउने प्रावधान छ, तर कस्तो संरचनाको घर बनाउने भन्नेमा आफूहरु अन्योल रहेको पीडित बताउँछन् । 

Agni Group

घर निर्माणसम्बन्धी सर्वेक्षणका लागि २३ जना प्राविधिक प्राधिकरणले पठाएको भए पनि भोजपुर जिल्लामा १२ जना प्राविधिकले मात्र काम गरिरहेका छन् । 

अनुदान रकमका लागि कार्यविधिबारे जानकार नहुनु, कानूनी प्रक्रिया झन्झटिलो हुनु, स्थानीयस्तरबाटै सम्झौता ढिलो हुनु, दक्ष जनशक्तिको अभावलगायत समस्याले पुनःनिमार्णमा ढिलाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ भोजपुरका प्रमुख राजनराज रेड्डीको भनाइ छ । विसं २०७२ वैशाखमा गएको भूकम्पबाट क्षतिकोे हिसाबले भोजपुर १७ औँ स्थानमा रहेको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०७५  ००:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC