काबुलमा मतदान केन्द्रमा आत्मघाती बम बिष्फोट हुँदा ३१ को मृत्यु 

काबुलमा मतदान केन्द्रमा आत्मघाती बम बिष्फोट हुँदा ३१ को मृत्यु 

बीबीसी । अफगानिस्तानको राजधानी काबुलमा एक मतदाता पञ्जीकरण केन्द्रमा आत्मघाती बम बिष्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।  बिष्फोटमा परेर मतदान पञ्जीकरण केन्द्र बाहिर पञ्जीकरणका लागि लामबद्ध बसेका झण्डै ५० जना सेवाग्राहीहरु घाइते भएका छन् । 

इस्लामिक स्टेट ग्रुपले आफ्नो न्यूज एजेन्सी अमाकमार्फत बिष्फोटनको जिम्मा लिएको बीबीसीले जनाएको छ ।  अफगानिस्तानमा अक्टोबर महिनामा हुने भनिएको विधानसभा चुनावका लागि यो महिनाबाट मतदाता पञ्जीकरणको काम शुरू भएको छ । 

https://www.bbc.com/hindi/international-43855183

प्रतिकृया दिनुहोस