site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नयाँ विषय नभएपनि दक्षिण कोरियाका लागि सहज छैन उत्तर कोरियासँगको वार्ता ?
Ghorahi CementGhorahi Cement

एजेन्सी । बुधबार मात्र दक्षिणको राष्ट्रिपति कार्यालयले उत्तर कोरियासँगको ऐतिहासिक बैठकलाई प्रत्यक्ष प्रशारण गर्न अनुमति दिइएको खबर गरेको छ । वार्ता नजिक आउँदै गर्दा अहिले दक्षिण र उत्तर कोरियाका अधिकारी बीच सुरक्षा र समाचार प्रशारण सम्बन्धी छलफल भइरहेको रोएटर्सले जनाएको छ ।

उत्तर कोरियाले यस विषयमा सहज स्वीकृति दिनुले पनि अहिले दुवै देश वार्ता सफल बनाउनमा निकै गम्भीर रहेको देखाउँछ । बिहीबार संचारकर्मीसमक्ष बोल्दै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले उत्तर कोरिया पूर्ण रुपमा हतियार मुक्त हुन तयार भइसकेकाले बैठक सकारात्मक दिशातर्फ अघि बढ्ने निश्चित रहेको दाबी गरेका छन् । तर यस्तै प्रकारको उत्साह २००७ मा पनि देखिएको थियो । त्यसबेला पनि उत्तर कोरियाले शान्ति स्थापनाको मुद्दामा धेरै गम्भीरता देखाएको थियो । तर अन्त्यमा भने दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता बिना निष्कर्ष टुङ्गिएको हो । बुधबार दक्षिण कोरियाली एकिकरण मन्त्रालयका प्रवक्ताले पनि अहिलेको बैठकलाई २००७ कै स्तरमा लैजाने तयारी भइरहेको बताएका छन् ।

Agni Group

तर १९५० को कोरियाली युद्धदेखि जारी तनावलाई अन्त्य गर्न उत्तर र दक्षिण कोरियाबीच सिङ्गो बैठक पर्याप्त नहुने विज्ञहरुको भनाइ छ । त्यसकारण ११ वर्षपछिको यसपटकको भेटमा भने दक्षिण कोरियाले यसपूर्वका सबै बैठकका कमी कम्जोरीलाई समेत ध्यानमा राख्दै नयाँ आधारमा शान्ति सम्झौता अघि बढाउनु पर्ने विज्ञहरुको सुझाव छ । अझै अमेरिकाको नेतृत्वमा संयुक्त राष्ट्र संघको सेना र दक्षिण कोरिया युद्धकै स्थितिमा रहेकाले उत्तर कोरियासँग सहमतिमा आउने विषय धेरै पुरानो भएपनि एउटै बैठकबाट सम्पूर्ण समस्या हल हुने अपेक्षा गर्नु गलत हुने बताइएको छ । तरपनि एकअर्काको प्राथमिकतालाई सम्मान गर्दै दुवै देशबीच शान्ति कायम गराउन सम्भव रहेको विश्वविदहरुको भनाइ छ ।

यसअघि भने उत्तर कोरियाका शाषक किम इल सङले सन् १९७० मा केबल अमेरिकासँग मात्र शान्ति सम्झौता गर्ने बताएका थिए । किनकी वास्तवमा उत्तर कोरियाले दक्षिण कोरियासँग नभइ अमेरिकासामु सबैभन्दा ठूलो माग राखिरहेको छ । अहिले बैठकको तयारी पूरा हुन लाग्दा समेत नयाँ सम्झौता केका आधारमा गरिने भन्नेबारे अमेरिका र दक्षिण कोरिया दुवै स्पष्ट नहुँदा वार्ता असफल हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । दक्षिण कोरियाका लागि शान्ति स्थापना र परमाणु मुक्त क्षेत्र, दुवै विषय समान रुपमा महत्वपूर्ण रहेकाले यिनै शिर्षकमा कुरा अघि बढाइने तय भएकोे छ । तर अर्कोतर्फ उत्तर कोरियाका लागि भने सुरक्षाको सुनिश्चितता नै प्रमुख मुद्दा रहँदै आएको छ । यस्तोमा दक्षिण कोरिया र उत्तर कोरियाले युद्ध समाप्त भइसकेको बताएपनि अमेरिकाले आधिकारिक घोषणा नगरेसम्म दक्षिण र उत्तर कोरियाबीचको सम्बन्धलाई औपचारिकता दिलाउन धेरै कठिन हुने बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC