site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
सक्कली भन्दै २८ लाखमा एक किलो नक्कली सुन बिक्री ! ठगी गर्ने २ जना पक्राउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ सेतो गुम्बा जाने बाटोमा भक्तपुर सूर्य विनायकका राजेन्द्र थापालाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।
“एक केजी सुनजस्तो देखिने धातुलाई सुन हो भनी भ्रममा पारेर विश्वास दिलाई सस्तोमा दिन्छु भनी २८ लाख ६० हजार लिएर बिक्री गरेपछि फरार भएका रहेछन्, अहिले पक्राउ परेका छन्,” महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता मोहन कुमार थापाले भने ।
प्रहरीले ठगी गर्ने समूहका अजय तामाङ र वनस्थलीबाट विष्णु मोक्तानलाई पक्राउ गरि अनुसन्धान जारी राखिएको उनले जानकारी दिए ।
उक्त घटनामा फरार कर्ण लिम्बुको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC