site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
कहाँबाट आउँछ उत्तर कोरियाको परमाणु कार्यक्रमको लागि पैसा ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । करिब २ वर्षदेखि कैयौं देशहरुमा भएको अनुसन्धानबाट डेढ लाख उत्तर कोरियाली व्यक्ति अरु देशमा रहेर पैसा कमाउने र यही पैसा किम जोङ–उनको परमाणु कार्यक्रमको लागि पठाउने गरेको बीबीसीले जनाएको छ ।
गोप्य तरिकाले गरिएको यो अनुसन्धान फरक फरक देशको केही पत्रकारले एउटा अन्तर्राष्ट्रिय समूह बनाएर गरेका थिए जसमा रुस, चीन र पोल्यान्डमा काम गरिरहेका उत्तर कोरियाली व्यक्तिहरुसँग कुरा गरिएको थियो । 
उत्तर कोरियाका यी व्यक्तिहरुलाई प्रत्येक वर्ष एक बिलीयन पाउण्ड कमाउनको लागि विदेश पठाइन्छ । लन्डनमा उत्तर कोरियाको उप–राजदूत रहेका थे योंग–हो को अनुसार यसमध्ये बढी पैसा किम जोंग–उनको परमाणु कार्यक्रममा लगाइन्छ । 
थे योंग–हो भन्छन्, “यदि यो पैसा शान्तिपूर्ण तरिकाले देशको विकासको लागि खर्च गरेको भए अर्थव्यवस्था राम्रो हालतमा हुन्थ्यो । तब सारा पैसा कहाँ गयो ? यो सारा पैसा किम र उनको परिवारको ऐसआराम, परमाणु कार्यक्रम र सेनामा खर्च गरिएको छ, यो एउटा तथ्य हो ।”
यही जाँचको दौरान पत्रकारको एउटा अंडरकवर टीम रुसको व्लादिवोस्तोक शहरमा फ्लैट खोजिरहेको व्यक्तिहरु जसरी गए र त्यहाँ काम गर्ने उत्तर कोरियाली व्यक्तिहरुलाई भेटे । यसरी कुरा गर्दा त्यहाँ काम गरेको सम्पूर्ण पैसा कप्तानलाई मिल्ने र कप्तान उत्तर कोरियाली व्यक्ति भएको जानकारी प्राप्त भएको थियो । 
ती व्यक्तिहरु अपरिचितको साथ खुलेर कुरा गर्न पनि हिच्किचाइरहेका थिए तर नाम नबताउने शर्तमा एक मजदुर कोरियाली पत्रकारसँग कुरा गर्न राजी भए । उनका अनुसार उनीहरुलाई त्यहाँ कुकुरको जस्तो व्यवहार गरिन्छ र राम्रोसँग खाना पनि दिंइदैन । त्यहाँ बसेर त तिनीहरुले आफूलाई मानव मान्न पनि बन्द गरिसके । त्यो मजदुरले आफ्नो कमाईको ज्यादाजसो पैसा अरुलाई दिनुपर्ने बताए । उत्तर कोरियाली मजदुर अगाडि बताउँछन् कि केही व्यक्ति त्यस्तो प्रवृत्तिलाई पार्टीको प्रति उनीहरुको जिम्मेदारी बताउँछन् भने कोही त्यसलाई क्रान्तिको प्रति कर्तव्य बताउँछन्, जसले त्यसो गर्न सक्दैनन् त्यो त्यहाँ रहन सक्दैनन् । 
पोल्याण्डको शिपयार्डमा ८०० उत्तर कोरियाली व्यक्ति काम गर्दछन् जहाँ ज्यादाजसो वेल्डर र मजदुर छन् । जाँच गरिरहेको अंडरकवर टीमले पोल्याण्डकोे स्तेचिन शहरमा नोकरी दिनेवाला एक कम्पनिको प्रतिनिधिको रुपमा त्यहाँको एउटा गार्डसँग भेट गरे ।
गार्ड ः “उत्तर कोरियाली व्यक्ति स्तेचिनको सबै ठाउँमा छन् । उनीहरु यहाँ र अरु कम्पनिमा पनि काम गर्दछन् । उनीहरुको हालत हाम्रो साम्यवादको जमानामा जस्तो छ । तपाईलाई थाहा छ कि कुरा गर्ने अनुमति किन छैन ? कतै पश्चिमका व्यक्तिहरुले उनीहरुलाई आकर्षित नगरुन ।”
गार्डले पत्रकारको टीमलाई उत्तर कोरियाली मजदुरको फोरमैन अथवा मुखियासँग पनि भेटायो ।  
फोरमैन ः “हाम्रा मानिस पोल्याण्ड काम गर्न आएका छन् । उनीहरु तलब नपाइने बिदा मात्र लिन्छन् । जब कम समयमा निकै काम गर्नु पर्दछ हामी नरोकिकन काम गर्दछौं । हामी पोल्याण्डका मानिस जस्तो होइनौं जो दिनमा आठ घण्टा काम गर्दछन् र घर जान्छन् । हामी यसो गर्दैनौं, हामीहरु जबसम्म आवश्यक पर्दछ तबसम्म काम गर्दछौं ।”
वारसामा स्थित उत्तर कोरियाली दूतावास भन्दछ कि उसको नागरिक पोल्याण्डको कानून र यूरोपिय संघको नियमको मुताबिक काम गरिरहेको छ । 
यूएनको प्रतिबन्ध जारी 
पूर्व उप–राजदूत थे योंग–हो भन्दछन् कि “यसमा कुनै शंका छैन कि विदेशमा काम गर्ने कामदारको कमाईबाट उत्तर कोरियामा रहिरहेका परिवारको गुजारा चल्दछ तर के हामीले यसको लागि प्रतिबन्धलाई हटाउनु पर्दछ ? यसको अलावा हामीले कुन तरिकाले उत्तर कोरियाको परमाणु कार्यक्रम र मिसाइललाई रोक्न सक्छौं ?”
एउटा कम्पनी जेएमएले आफ्नो बयानमा भनेको छ यसले उत्तर कोरियाली व्यक्तिहरुलाई नोकरीमा राख्दैन र उसको जानकारीको अनुसार उसका सबै कर्मचारी कानुनी रुपले नै कार्य गरिरहेका छन् । 
संयुक्त राष्ट्र संघले डिसेम्बरमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो, त्यसपछि उत्तर कोरियाली नागरिकहरुलाई विदेशमा काम गर्न रोक लगाइएको थियो तर यस्ता देश जहाँ उत्तर कोरियाली व्यक्तिहरु काम गरिरहेका छन्, उनीहरुलाई यो आदेश मान्नको लागि २ सालको समय दिइएको थियो । 

https://www.bbc.com/hindi/international-43809130


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०५:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC