site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एन्फा निर्वाचन गर्दै फुटबल लिग संचालन गर्न खेलाडी संघको माग
Sarbottam CementSarbottam Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थगित निर्वाचन तत्काल सम्पन्न गर्दै नेपाली फुटबलमा देखिएको अन्योलको गतिविधि समाधान गर्न खेलाडी संघले माग गरेका छन् । एन्फा अन्तर्गतको खेलाडी संघले बिहिबार पत्रकार सम्मेलन गर्दै खेलाडीहरुको हितको लागि निर्वाचन सम्पन्न गर्दै रोकिएको फुटबल लिगहरु संचालन गर्न माग गरेको हो ।

खेलाडी संघको नव निर्वा्चित समितिले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली फुटबलमा पछिल्लो समय देखिएको अन्योलको गतिविधि प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।  यस्तै संघले एन्फाको समस्या समाधानको लागि सम्बन्धित सबै निकायलाई पहलको लागि अपील समेत गरेको छ ।

खेलाडी संघले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “एकातिर साधारणसभा र निर्वाचन स्थगित भएको छ भने अर्कोतिर ए डिभिजन लगायतको फुटबल क्लबहरुले खेलाडी अनुबन्धन नगर्ने निर्णयले चिन्तित भएका छौ । अहिलेकै अन्योलताको निरन्तरता रहने हो भने नेपाली फुटबल दशककै पछि पर्ने खतरा छ । समस्या समाधानको लागि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, फुटबल क्लब, जिल्ला संघ र खेलसंग सम्बन्धित निकाय सबैलाई अपिल गर्दछौ ।”

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै संघले केहि बर्षअघि सम्म खेलाडी, प्रशिक्षक र अन्यगरी पाँच सय बढी नेपाली फुटबलबाट लाभान्वित हुँदै आएको तर, तीन बर्षबाट फुटबलको मेरुदण्ड मानिने ए डिभिजन लिग नहुदा खेलाडी विदेशिन बाध्य भएको जनाएको छ । नेपाली फुटबलको विकास र हरेक समस्यालाई निकास दिएर फुटबललाई क्रियासिल बनाउने जिम्मेवार निकाय एन्फाले ठोस कदम नचाल्दा नेपाली फुटबल अन्धकारको अवस्थामा पुगेको समेत खेलाडी संघले आरोप लगाएको छ ।

उच्च अदालत पाटनले गत चैत ११ गते एन्फाको १६ औं साधारणसभा तथा कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश दिएपछि चैत १४ गते तय भएको निर्वाचन स्थगित भएको थियो । अदालतको आदेशपछि एन्फाले अर्को सूचना नआएसम्मको लागि निर्वाचन स्थगित भएको जनाएको थियो । यसअघि दुई पटक सरेको एन्फाको निर्वाचनमा संस्थापन पक्ष र परिवर्तन पक्ष चुनावी मैदानमा रहेका छन् । अध्यक्षको लागि संस्थापनबाट मणि कुँवर र परिवर्तन पक्षबाट कर्मा्छिरीङ शेर्पाले उम्मेदवारी दिएका छन् ।

Global Ime bank

भक्तपुर जिल्ला फुटबल संघका तत्कालिन अध्यक्ष गौतम सुजुख र मकवानपुर जिल्ला फुटबल संघका तत्कालिन उपाध्यक्ष मनिष श्रेष्ठले आफ्नो जिल्लामा निर्वाचन नभएकाले केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदा आफ्नो प्रतिनिधित्व नभएको भन्दै मुद्दा दर्ता गराएपछि उच्च अदालत पाटनका न्यायाधीश राजकुमार वनको एकल इजलासले निर्वाचन नगराउन आन्तरिम आदेश दिएको थियो ।

अदालतको अन्तरिम आदेशपछि एन्फाले मकवानपुरमा चैत २३ र भक्तपुरमा चैत २७ मा निर्वाचन गरिसकेको छ  । उक्त निर्वाचनबाट मकवानपुरमा श्रेष्ठ सदस्यमा चुनिए भने भक्तपुरमा सुजखु अध्यक्ष चुनिएका छन्  । मकवानपुर र भक्तपुरको विवाद समाधान भैसकेपनि एन्फाले नयाँ निर्वाचन मिति तय नगरेपछि खेलाडी संघले निर्वाचन गर्दै फुटबल गतिविधि अघि बढाउन माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै खेलाडी संघका उपाध्यक्ष तथा नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले निर्वाचनको कारण फुटबल गतिबिधि ठप्प हुँदा खेलाडीहरुलाई समस्या भएकोले समस्या तत्काल समाधान गर्नुपर्ने बताए । कप्तान महर्जनले भने, “अहिले फुटबल भैरहेको छैन, गोल्डकप खेलेर खेलाडी बाचेका छन् । राष्ट्रिय टोलीका सदस्य मात्र हैन, ए, बि र सी डिभिजनका खेलाडी अप्ठ्यारोमा परेका छन् । चुनाव नहुदा समस्या बढेको छ, चुनाव बेलैमा हुनुपर्छ र फुटबल सुचारु गर्नुपर्छ ।”

यस्तै कप्तान महर्जनले लिग नहुँदा खेलाडीले नियमित तलब प्राप्त गर्न नसकेकोले खेलाडीलाई जीविकोपार्जनमा समस्या आएको बताए । कप्तान महर्जनले आफुहरुले अन्य कसैको लागि नभई आफ्नै लागि आवाज उठाएको बताउदै सम्बधित निकायले समस्या समधानको लागि पहल गर्नु पर्ने बताए ।

भूकम्प तथा विविध कारण देखाउदै एन्फाले ए डिभिजन लिग नगराएको पाँच बर्ष पुगिसकेको छ । पछिल्लो समय एन्फाले २०७२ सालमा राष्ट्रिय लिग गराएको थियो । त्यसयता एन्फाले ए डिभिजन क्लबले खेल लिग गराएको छैन । एन्फाले लामो समयबाट फुटबल लिग नगराएपछि फुटबल क्लब समन्वय समितिले चैत अन्तिम साता पत्रकार सम्मेलन गर्दै लिग नहुदा खेलाडी अनुबन्धित गरेर राखीरहन क्लबलाई गार्हो भएको र लिग तत्काल नभए टिम नबाउने घोषणा गरेको थियो ।

त्यस्तै नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान तथा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष हरि खड्काले निर्वाचनको अन्योलले नेपाली फुटबल प्रतिबन्धमा पर्ने हो कि भन्ने चिन्ता थपिएको र लिग नहुदा खेलाडी पलायन बढेको बताए । निर्वाचन चाँडो भए अन्य फुटबल अवरोधको सामधान हुने बताउदै खड्काले भने, “पछिल्लो समय खेलाडी पलायन बढेको छ र, पछिल्लो गतिबिधिले नेपाली फुटबल प्रतिबन्धमा पर्ने होकी भन्ने चिन्ता खेलाडीमा छ । निर्वाचनले नै सवै कुरा रोकिएको छ, चुनाव भए सबै कुरा अघि बढ्छ ।”

पत्रकार सम्मेलनमा खेलाडी संघको अध्यक्ष राजेश मानन्धर, उपाध्यक्ष विराजसँगै विकेश कुथु, सुजल श्रेष्ठ लगायत नव निर्वा्चित समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०७५  ०४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC