site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अधिनायकवाद विरुद्ध लड्न तयार रहौँ : सभापति देउवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृ संगठन नेविसंघलाई अधिनायकवाद विरुद्धको लडार्इंका लागि तयार रहन निर्देशन दिएका छन् । 

नेविसंघको ४९ औं स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंको त्रिचन्द्र कयाम्पसमा आयोजित ‘बृहत शुभकामना आदान–प्रदान कार्यक्रम’ मा शुभकामना दिँदै सभापति देउवाले सरकारले लाद्न खोजी रहेको अधिनायकवाद विरुद्धको लडाईंका लागि तयार रहन नेविसंघलाई निर्देशन दिएका हुन् । 

‘‘नेपालमा जुन प्रजातन्त्रका विरुद्ध संकट आइरहेको छ, खतरा उत्पन्न हुन गइरहेको छ । त्यसका लागि सबै तयार रहनुस् ।’’ उनले भने । सभापति देउवाले गाउँ–गाउँमा विद्यार्थी माझ गएर नेविसंघलाई सबै विद्यार्थीको समर्थन प्राप्त गर्न सक्ने गरी संगठन निर्माण गर्न पनि नेतृत्वलाई निर्देशन दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी दिनमा पार्टीलाई डोर्याउने जिम्मेवारी नेविसंघको काँधमा आएको बताए । ‘‘अहिलेसम्म नेपाली कांग्रेसले नेविसंघलाई डोर्यायो । अव नेविसंघले कांग्रेसलाई डो¥याउनु पर्ने अवस्था आउँछ ।’’ 

महामन्त्री डा. कोइरालाले सिद्धान्त र बिचारबाट बिमुख नहुन विद्यार्थी नेताहरुलाई आग्रह गरे । ‘‘आफ्नो बिचार, सिद्धान्त प्रति निष्ठावान भएर काम गरेको खण्डमा नेविसंघको भविश्य अत्यन्त राम्रो छ’’, उनले भने । 

Global Ime bank

कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नेविसंघ एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । ‘‘नेविसंघ अहिले जसरी चलिरहेको छ त्यसरी हुँदैन । अब नेविसंघ शसक्त भएर अगाडि बढ्नु पर्छ ।’’ उनले जोड दिए । 

ओली सरकारप्रति आक्रामक रुपमा प्रस्तुत भएका नेता श्रेष्ठले १५ दिनको फरकमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि नेविसंघ चुप लागेर बसेको प्रति पनि आपत्ति जनाए । 

‘‘ओली सरकारले १५ दिनको फरकमा दुई पटक तेलको भाउ बढायो । उपभोक्ताहरुलाई कति दुःख भयो होला । त्यसको विरुद्ध तपाईहरु किन चुप लागेर बस्दै हुनुहुन्छ’’, उनले प्रश्न गरे, ‘‘के नेविसंघले खुट्टा कमाएको हो र ?’’

नेता श्रेष्ठले नेविसंघलाई सरकारले पछिल्लो पटक गरेको राजधानीका सीमित स्थानमा मात्रै सार्वजनिक कार्यक्रम र प्रदर्शन गर्न पाउने निर्णयका विरुद्धमा उत्रिन निर्देशन दिए । 

कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले नेविसंघलाई विधि–विधान चल्नु पर्नेमा जोड दिँदै अध्यक्ष नैनसिँह महरलाई सबै पक्षलाई मिलाएर लैजान आग्रह गरे । ‘‘नेविसंघले विधि–विधान समातोस्, सधै साथ रहन्छ ।’’ 

चियापान कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. प्रकाशशरण महत, एनपी सावद, शंकर भण्डारी, नेविसंघका संस्थापन अध्यक्ष विपिन कोइरालाले पनि नेविसंघलाई सशक्त ढंगबाट अघि बढाउनु पर्नेमा जोड दिएका छन् । 

कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नेविसंघका अध्यक्ष महरले पार्टीभित्रको गुट–उपगुटका कारण आफूले काम गर्न नसकेको गुनासो गरेका थिए । सबैलाई समेटेर सहमतिका साथ अघि बढ्दा आफूमाथि संगठन चलाउन नसकेको आरोप लागेको प्रति आपत्ति जनाउँदै उनले पार्टीकै नेताहरुका कारण अधिवेशन हुन नसकेका जिल्लाहरुमा अधिवेशन गर्न नसकेको बताए । 

‘‘अधिवेशन हुन नसकेका जिल्लाहरुमा प्रतिनिधि पठाएर अधिवेशन गर्ने प्रयास गरेको थिँए’’, उनले भने, ‘‘अधिवेशन सम्पन्न गरे नैनसिँह सफल हुन्छ भनेर नेताहरुले नै अधिवेशन हुन दिएनन् ।’’

अध्यक्ष महरले अव आफू सहमतिमा नभएर संगठनको विधान अनुसार चल्ने स्पष्ट पारे । ‘‘आजबाट विधानको प्रयोग हुन्छ । अहिलेसम्म सहमतिमा हिनेको थिए’’, उनले भने, ‘‘स्थापना दिवसको अवसर पारेर गुटको अन्त्य भएको छ । विधान कार्यान्वयनको शुरुआत भएको छ ।’’ 


  

  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC