site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

रत्ननगर । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । 

केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको काम थालिएको निकुञ्जका प्रमुख वेदकुमार ढकालले जानकारी दिए । 

Agni Group

चिनिया प्रतिनिधिसमेत चितवन आएकाले आज पनि चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा स्थान पहिचानका लागि टोली परिचालन भयो । 

चिनको चिमे लङ्ग सफारी पार्कका सहायक प्रबन्धक याङ्ग चितवन आइपुगेको र केही दिनमा थप प्रतिनिधिहरु आउने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए । 

Global Ime bank

सरकारले विसं २०७१ सालमै चीनलाई २ जोडी गैंडा उपहार दिने निर्णय गरिसकेको छ । यहाँबाट कम उमेरका गैंडा पठाईने छ । पहिलो चरणमा २ वटा पोथीलाई नियन्त्रणमा लिएर सौराहामा निर्माण भएको बोमामा राखिने चितवन निकुञ्जले जनाएको छ । बोमामा राखेर आगामी असार महिनाभित्रमा चीन पठाउने योजना छ । 

सौराहा नजिकै निकुञ्ज जंगलमा ३० मिटर लम्बाइ र २० मिटर चौडाइको बोमा बनाइएको छ । चितवनबाट पठाइने गैंडामध्ये एकजोडी चीनको चिमे लङ्ग सफारी पार्क र अर्को जोडीलाई सांघाई वाईल्ड एनिमल पार्कमा राखिने भएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC