site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा २५ अंकको सुधारसँगै दोस्रोपल्ट १ अर्बमाथिको कारोबारले लगानीकर्तामा उत्साह, चिलिमेमा भीड
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहीबार एकैदिन लगानीकर्ताको सेयर सम्पत्ति २८ अर्ब ६७ करोड रुपैयाँले बढेको छ । यसदिन नेप्सेमा २८ दशमलव ३ अंकको सुधारसँगै सेयरको मूल्य बढेको हो ।

यसदिन १५ खर्ब ९८ करोड २७ अर्ब रुपैयाँ बजार पुँजीकरणबाट कारोबार सुरु भएको सेयर बजार परिसूचक बढ्दा बजारको कूल सेयर मूल्य १६ खर्ब २७ अर्ब ९४ करोड रुपैयाँ पुगेको हो । नेप्से बढ्दा बिहीबार “क” वर्गका कम्पनीहरुको कारेबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ५.१८ अंकले बढेर २९१.०३ को बिन्दुमा पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार १३६३.०१ अंकबाट सुरु भएको नेप्से परिसूचक बढ्नेक्रममा उताचढाव देखाएपनि अन्तमा सम्हालिएर ११८८.३१ अंकमा पुगेको हो । यसदिन कारोबार सुरु भएको केही समय बढेको नेप्सेमा तीब्र गिरावट आएपनि सम्हालिएको हो ।
नेप्से बढ्नुमा आज अन्य, जलविद्यूत् र बैंकिङ समूहमा आएको आशलाग्दो सुधार प्रमुख कारण बन्यो । यी समूहका परिसूचकमा क्रमशः ३.९७ प्रतिशत (२९.६६ अंक), २.७ प्रतिशत (४४.८७ अंक) र २.०८ प्रतिशत (२४.५१ अंक)का सुधार आए । अरु समूह पनि बढ्दा यसदिन ट्रेडिङ समूहमा भने गिरावट आएको थियो ।

नेप्से बढ्दा सेयर बजारमा बिहीबार पनि उत्साहपूर्ण कारोबार भयो । अघिल्लो दिन १ अर्ब १द्द करोड रुपैयाँको कारोबार  भएको सेयर बजारमा यसदिन १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३६१ रुपैयाँको सेयर किनबेच भए । यसक्रममा १६८ कम्पनीका २६ लाख ६३ हजार ५८२ कित्ता सेयर किनबेच भए ।

Global Ime bank

यसदिन सर्वाधिक कारेबार हुनेमा चिलिमे हाइड्रोपावर कम्पनीको सेयर रहे । कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँले बढेको छ । बिहीबार कम्पनीको ४ करोड २३ लाख रुपैयाँको ससेयर खरिदविक्री हुँदा नेपाल बैंक, सानिमा माई हाइड्रोपावर, सानिमा बैंक र कुमारी बैंकको पनि ३ करोडभन्दा बढकिो सेयर किनबेच भए ।

जानकारका अनुसार बैंकमा क्रेडिट क्रन्चको समस्या कम हुँदा सेयर बढेको हो । नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार राष्ट्र बैंकले वाणिज्य बैंकलाई कोर क्यापिटलको २५ प्रतिशत विदेशी ऋण लिन पाउने व्यवस्था गरेसँगै ब्याजदर कम भएको छ । उनले भने, “केही बै.क विदेशबाट ऋण लिने पाइपलाइनमा छन् । यता, बैंक तथा वित्तँय संस्थाले चैत तेस्रो त्तेमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्न लाग्दा लगानीकर्तामा राम्रो प्रतिफलको अपेक्षा छ ।”

चैत मसान्तपछि मार्जिन लेन्डिङ र करको झन्झटबाट मुक्ति पाइएपछि ३ महिनापछि लगानीकर्ताले राहतको अनुभव गरेको उनी बताउँछन् । उनले भने, “घट्न पनि कति घटोस्, जानाजान घटाइएको बजारमा लगानीकर्तामा उत्साह आएको छ । बजारले सकारात्मक सन्देश दिएको छ ।”

आज प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । कम्पनीको सेयर मूल्य ९.९३ प्रतिशत बढ्दा अरु ४ कम्पनीको सेयर मूल्य पनि ८ प्रतिशतले बढ्यो । यस्तै सहयोगी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ७.२ प्रतिशतले घट्यो । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC