site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लक्ष्यअनुसार राजस्व संकलन नभए कसैले छुट पाउँदैन : अर्थ मन्त्रालय
Sarbottam CementSarbottam Cement

काठमाडौं । अर्थ मन्त्रालयले सबै आफूअन्तर्गत सबै सम्वद्ध निकायलाई जसरी पनि लक्ष्य अनुसार राजस्व संकलन गर्न निर्देशन दिएको छ । 

चालू आवको चैत मसान्तसम्मको राजस्व संकलन लक्ष्यभन्दा १७ अर्ब रुपैयाँ कम रहेको अवस्थामा जसरी भएपनि ७ खर्ब ३० अर्ब रुपैयाँको राजस्व संकलन लक्ष्य पुरा गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका हुन् ।
मन्त्रालयको राजस्व चुहावट नियन्त्रण उच्चस्तरीय अनुगमन समितिको बैठकमा अर्थमन्त्री डा. खतिवडाले मातहतमा रहेका सबै निकायलाई स्रोत तथा सामथ्र्यको पूर्ण परिचालन गर्न निर्देशन दिएका हुन् । 

वार्षिक राजस्व लक्ष्य उठाउन मुस्किल पर्ने देखिएपछि अल्पकालिन रणनीतिको पूर्ण उपयोग गर्न अर्थमन्त्रीको निर्देशन आएको मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयका अनुसार बैठकमा मन्त्री खतिवडाले आवश्यक परे कानुनको संशोधन तथा परिमार्जन गर्न पनि निर्देशन दिएका हुन् । अर्थमन्त्री डा. खतिवडाले चुहावटको सूक्ष्म निगरानी गर्न पनि निर्देशन दिए । यसका साथै उनले चीन र भारत दुवै देशबाट तोकिएको रकमभन्दा बढीको कारोबार गर्दा बैंकिङ प्रणालीबाट मात्र कारोबार हुने गरी कानुनमा आवश्यक परिमार्जन गर्नमा पनि जोड दिए । राजस्व चुहावट नियन्त्रणका लागि स्वच्छ र नैतिक कर्मचारीलाई सम्वद्ध क्षेत्रमा खटनपटन र पदस्थापन गर्न पनि उनको निर्देशन छ ।

यता चालू आवमा लक्ष्यअनुरुप राजस्व संकलन नहुने संकेत आएपछि थप मिहिनेत गर्नुपरेको प्रवक्ता पोखरेल बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै पोखरेलले भने, “पुनर्मूल्यांकल, अल्पकालिन रणनीतिअन्तर्गत बेरुजु संकलन, बक्यौता असुली, कानूनी कारबाहीलगायतका अल्पकालिन रणनीति प्रयोग गर्नुपर्ने देखिएको छ ।” 

Global Ime bank

सबै स्रोत प्रयोग गर्दा लक्ष्य अवश्य पुरा हुने उनको बुझाई छ । उनले भने, “असक्षमताका कारण लक्ष्यअनुसार राजस्व संकलन हुन नसके कसैलाई छुट दिइने छैन ।”  कुनै विपत्ति आइपरे मात्र समस्या आउन सक्ने उनले दावी गरे ।

प्रवक्ता पोखरेलका अनुसार चैतमा आयकर संकलन लक्ष्य अनुसार नभएकाले राजस्व संकलन पनि कम भएको हो । चैतमा दोस्रो कित्ता उठाउने समय भएकाले राजस्व बढ्ने आश गरिएको थियो, तर त्यो हुन सकेन । यद्यपि यस अविधिमा भन्सार राजस्व कम उठ्दा कूल राजस्व संकलनमा प्रभाव परेपनि आगामी दिनमा त्यो बढ्ने प्रवक्ता पोखरेलको दावी छ । उनले, भने, “नेपालको अर्थतन्त्र आयातमुखी छ । अहिले भन्सारमा केही सामान रोकिँदा भन्सार कर संकलन कम भएको छ । तर, बजारमा अभाव बढेपछि ती सामान अवस्य नेपाल भित्रिन्छन् ।” 

त्यसैगरी अर्थ सचिव राजन खनालले राजस्व चुहावटको जोखिम क्षेत्र, स्थान र कर्मचारीको पहिचान गरी जोखिममा आधारित अनुसन्धान तथा राजस्व गस्ती परिचालन गर्न निर्देशन दिएका छन् । त्यसैगरीसुरक्षा निकाय र भन्सार विभागले अवैधानिक पैठारी नियन्त्रणका लागि संयुक्त गस्ती परिचालन गर्न आवश्यक रहेकोले बजेटको राजस्व लक्ष्य हासिल गर्न राजस्व चुहावट नियन्त्रण कार्य अघि बढाउन राजश्व सचिव शिशिरकुमार ढुंगानाले निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म १७ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । त्यसमध्ये गैरकरतर्फ लक्ष्यभन्दा १४ प्रतिशत (५ अर्ब रुपैयाँ) बढी हो भने, करतर्फ ३ प्रतिशत (२३ अर्ब रुपैयाँ) कम हो ।
चैतसम्म सरकारले ५ खर्ब २६ अर्ब रुपैयाँ असुली गर्ने लक्ष्य लिएपनि ५ खर्ब ८ अर्ब रुपैयाँ असुली भएको छ । भन्सार करतर्फ भने लक्ष्यभन्दा १५ अर्ब रुपैयाँ कम हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०७५  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC